नेता ज्यूलाई मेरो आग्रह – चकेन्द्र राई

२०७१ कार्तिक २६, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेता ज्यूलाई मेरो आग्रह

chakendra

            – चकेन्द्र राई

उहिले उहिले

भारतिय सेनामा भर्ती गरे जस्तै

समानुपातिकको नाममा

सांसदहरु भर्ती गरी

सांसद भवनलाई नै खुल्ला मञ्च वनायौ

ऐतिहासिक संविधानसभाको निर्वाचन गरी

अन्तत:  जनताबाट तिरस्कृतहरु नै

मन्त्रि र प्रधानमन्त्रि भयौ

धन्य छ नेताहरु !!

नेपाल र नेपालीहरुलाई

अनि सिंगै विश्वलाई

एउटा अदभुत चमत्कार देखायौ

आफूले भने जस्तो भए

सिंङ्गै पृथ्वी जिते जस्तो गर्छौ

आफूले भनेजस्तो नभए

सर्वस्व लुटिए जस्तो गर्छौ

न देशको चिन्ता

न जनताको चिन्ता

धन्य छ विन्दास नेताहरु !!

कहिले,

नयाँ दुलाह-दुलही जस्तै

चाटाचाट गर्छौ

कहिले,

सौता-सौता र जारा जार जस्तै

काटाकाट गर्छौ

सिमापारीका राक्षसहरुले

नेपाली चेलिहरु वलात्कार गर्दा

मुख नखोल्ने ए!  साधु नेताहरु हो

नेपाली भुमी मिचिदा

हल्ला मात्र हो भनेर जनता

ढाँट्न खोज्ने ए ! सुजाताहरु हो

अव त अति भएन र  ?

देख्नेहरुलाई लाज लाग्न थाल्यो

यो नाङ्गो नाच नाच्न छाडी दु !!

गरिमामय संविधान सभालाई

रंगमञ्च नवनाई देउ !!

विन्ती छ नेताहरु

तिमीहरु जस्तो घिनलाग्दो नेताहरु

राजनितिबाट टाढा गई देउ !!

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय