
ए वान नेपाल , भेषराज पाण्डे
हरितालिका तीजले यति बेला स्वदेश अनि विदेश तातिरहेको छ। गाउघरमा आफ्नै मौलिकपन झल्किने गरि दिदीबहिनी तथा दाजुभाईहरु जम्मा भई मादल बजाई रमाईलो गरि डाडा पाखा गुन्जाएमान बनाएका हुन्छन। सहर तिर पनि पार्क ,अपार्ट,पार्टि प्यालेस तथा होटलहरुमा दिदीबहिनीहरुका दर खाने कार्यक्रमहरु देखिन्छ। पछिल्लो समयमा मौलिकता झल्किने भन्दा पनि पश्चिमा संस्कृति मिसाएर तीज मनाउने तथा त्यस्तै खालका गीत संगित निकालिने हुदा विकृतिहरु बढ्दै गएका छन्। यहि विचमा कला संगीत क्षेत्रमा लागेकाहरु पनि आम जनताका कहानी वेदना भन्दा पनि मानिसहरुको ध्यान आकर्षित गर्ने खालका सिर्जना निकाल्न तल्लिन देखिन्छन।
विशेष गरि कर्म थलोमा रहेकाहरुलाई यस्ता चाडबाढको महत्व धेरे हुन्छ। त्यसैले कलाकारहरुलाई पनि विभिन्न कार्यक्रममा आफ्नो प्रस्तुति दिन भ्याईनभ्याई हुन्छ। कलाकारहरु यति बेला तीज विशेष कार्यक्रमहरु लिएर देश विदेश दौरानमा लागिरहेका छन्। यहि बिचमा गैर आवासिय नेपाली संघ ,रास्ट्रीय समन्वय परिषद , इजरायल र झापाली समाज,इजरायलले अरु विभिन्न संघ संस्थाहरुको सहकार्यमा अगस्ट २६ तारिख,शुक्रबार तेल अभिवमा तीज कार्यक्रम गर्दै छ। साझ ७ बजे बाट सुरु हुने सो कार्यक्रममा प्रवेश शुल्क १५० सेकेल राखिएको छ भने आगन्तुक सबैलाई तीजको विशेष खाना दर खुवाउने पनि कार्यक्रम छ। भरपुर मनोरंजनको लागि नेपालबाट आमन्त्रित गायक पुष्पन प्रधान दिल्लीबाट सिधै वेनगुरियन अन्तराष्ट्रिय विमानस्थल तेलअभिमा बुधबार साझ अवतरण गरेका छन् भने अरु कलाकारहरु टिका सानु, कुलेन्द्र विश्वकर्मा र राजनराज शिवाकोटी काठमाण्डौ- दुवई हुदै वेनगुरिएन अन्तराष्ट्रिय विमानस्थलमा बिहिबार दिउसो अवतरण गर्ने मुल आयोजक समितिका महिसचिव कृष्ण भण्डारीले जानकारी दिए । कार्यक्रममा नेपालका दिदीबहिनी तथा दाजुभाई मात्र नभएर दार्जिलिंग तथा सिक्किम तिरका नेपाली भाषीहरुको पनि उल्लेखनिय उपस्थिति हुने कार्यक्रम संयोजक विशाल ज्ञवालीले ए वान नेपाल संगको एउटा अन्तर्वार्तामा बताएका छन् ।