नेपालमा हिले दशैँ, विदेशमा शुन्य

२०७९ आश्विन १९, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

ए वान नेपाल , भेषराज पाण्डे

नेपालीहरुको महान चाड विजया दशमीको प्रमुख दिन आज टिका टालो गरि मनाईएको छ। नेपालको केही भू भागमा पूर्णिमा सम्म नै टिका अनि जमरा लगाउने चलन भएता पनि धेरै ठाउमा दशमीको एक दिन मात्र टिका टालो गर्ने गरिन्छ। दशमीको एक दिन मात्र टिका लगाउनेहरुलाई आज पानीले पार्नु सम्मको असर गरेको छ। अविरल वर्षाले बाटो अवरुद्द हुदा विशेसत पहाडी भू भागहरुमा घरमा टिका ग्रहण गरे पश्चात मावली परिवार तथा ससुराल /माइत जानेहरु जान नसकेका हुन् ।  नवमी देखि एकादशी सम्म ठूलो पानी पर्ने भविश्यवाणी मौसम पूर्वानुमान विभागले जानकारी गराएको थियो। यति बेला नेपालको सबै ठाउमा पानी परेको छ भने पश्चिमी भू भागमा ठुलो पानी परिरहेको छ।

अध्ययन तथा रोजगारको सिलसिलामा प्रदेशमा हुदै गर्दा स्वदेश फर्कन नसकेकाहरू एक आपसमा मिलेर दशैँ मनाएका छन्।  धेरै नेपालीहरु भएको ठाउमा टिका लगाएरै रमाइलो गरिएता पनि केही ठाउमा सामाजिक संजालमा अपलोड गरिएका दशैका तस्विरहरु हेरेर चित्त बुझाउनु पर्ने वाध्यतामै दशैँको अनुभूति गरियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय