
भेषराज पाण्डे , ए वान नेपाल
आइतबार विहान ७ बजेबाट देशभर प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि निर्वाचन हुँदैछ । यसको तयारी पूर्णरुपमा सकिएको निर्वाचन आयोगले जनाएको छ । आइतबार हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा मतदानका लागि मतदाता परिचय पत्र अनिवार्य नहुने निर्वाचन आयोगले जनाएको छ । यद्यपि उक्त कुनै पनि प्रमाणपत्रको सक्कलप्रति चाहिने आयोगले उल्लेख गरेको छ ।
निर्वाचन आयोगका अनुसार मतदाता परिचय पत्र, नेपाली नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र, जग्गाधनी प्रमाण पुर्जा, राहदानी र सवारी चालक अनुमति पत्र भए पनि मतदाताले मतदान गर्न पाउने जानकारी दिएको छ ।