एन आर एन ए इजरालयद्वारा इजरायलमा मृत्यु वरण गरेका १० नेपाली र भुकम्पमा परी ज्यान गुमाउने नेपालीहरुको सम्झनामा शोक सभा सम्पन्न

२०८० कार्तिक २०, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

भेषराज पाण्डे ,ए वान नेपाल

जाजरकोट केन्द्रबिन्दु बनाएर शुक्रबार गएको ६.४ रेक्टर स्केलको भुकम्पले यतिबेला नेपालको पश्चिमी भू भागमा धेरै धन जनको क्षती भएको छ । बारम्बार आईरहेका पराकम्पनहरुले त्यो क्षती बढ्दो अवस्थामा छ । यो विपत सङ्गै सहयोगी हातहरुको संख्या दिनानुदिन बढ्दै छ । यसलाई मध्यनजर गर्दै गैर आवासिय नेपाली संघले एक करोड बराबरको राहत सामाग्री र करिब ३१ लाख रकम सरकारको एक द्वार प्रणालीमा सङ्कलन गर्ने बताएको छ । यसलाई सहयोग पुर्याउने उद्देश्य स्वरुप गैर आवासिय नेपाली संघ , राष्ट्रिय समन्वय परिषद इजरायलले कार्यसमिति भित्र सहयोग रकम सङ्कलन गर्दै छ भने पहिलो चरणमा आकस्मिक राहतको लागि १ लाख रुपैयाँ पठाइसकेको छ ।
अक्टोबर ७ देखि प्यालेस्टाइनको आतंककारी समूह हमास र इजरायल बिच हवाई, जमिन र जलमार्गबाट युद्द जारी छ । यो युद्दमा “सिक र कमाउ” कार्यक्रम अन्तर्गत इजरायलमा कार्यरत १० जना नेपाली विद्यार्थीहरुले पनि ज्यान गुमाउनु परेको थियो । मृतक सबैलाई नेपालमा परिवार समक्ष पुर्याउनमा एन आर एन ए इजरायलले विशेष भूमिका निभाएको थियो । ४ जना नेपाली विद्यार्थी  घाइते बन्न विवश परेको सो आक्रमणमा अझै एक जना नेपाली युवा विपिन जोशिको अवस्था अज्ञात जस्तै छ ।

नेपालमा आएको दैवी प्रकोप भुकम्पमा ज्यान गुमाएका र इजरायलको युद्दमा परी ज्यान गुमाएका १० नेपाली विद्यार्थी लगायत इजरायली तथा विदेशी सर्वसाधारण र इजरायली सैनिकहरुसम्मको सम्झनामा एनआरएनए-एनसिसी इजरायलले श्रद्दाञ्जली तथा समवेदना दिने कार्यक्रम सम्पन्न गरेको छ ।

सोमबार साँझ तेल अभिव स्थित लेबेन्स्की पार्कमा सम्पन्न भएको सो शोक सभामा उल्लेख्य नेपाली तथा विदेशीहरुको समेत उपस्थिति रहेको थियो । हमास आतंकवादीले वन्धक वनाएको भनिएका  अज्ञात अवस्थामा रहेका विपिन जोशीको बारेमा पनि सम्बन्धित निकायको ध्यान दिलाउने प्रयासस्वरुप आयोजना गरिएको सो कार्यक्रमलाई सम्वोधन गर्दै एनसिसी इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीले मातृभुमिमा भुकम्मको र कर्मभुमीमा युद्दको त्राइत्राइ रहेको बताउदै जस्तो अवस्था भएपनि शंकटको अवस्थामा सुरक्षा सतर्कतालाई विशेष ध्यान दिन  आम इजरायलवासी नेपालीहरुमा अपिल गरेका थिए । अध्यक्ष भण्डारीले नेपालमा केही समुहले इजरायलको विरोध गरिरहेको उल्लेख गर्दै इजरायल मानविय संवेदनामा सचेत रहेको उल्लेख गर्दै आफ्ना नागरिक र देशको  सुरक्षा गर्ने अधिकार इजरायलसँग  रहेको बताए ।

No description available.

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय