इजरायलबाट थप १९ नेपालीको उद्धार (नामावलीसहित)

२०८० आश्विन ३०, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इजरायल । नेपाल सरकारले युद्धग्रस्त देश इजरायलबाट थप १९ नेपालीको उद्धार गरेको छ । प्यालेस्टाइनको विद्रोही समूह हमासले इजरायलमाथि आक्रमण गरेसँँगै स्वदेश फर्किन अनलाइन आवेदन दिएका थप १९ नेपालीलाई भारतीय विमानमार्फत उद्धार गरिएको तेल अभिव स्थित नेपाली दूतावास इजरायलले एक विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

मङ्गलवार इजरायलको तेल अभिभबाट भारतको विमानमार्फत १९ नेपालीको उद्धार गरिएको जानकारी दिइएको छ । उद्धार गरिएका मध्ये ४ जना विद्यार्थी, १३ जना कामदार र एक जना पर्यटक भिसामा इजरायल आएका नेपाली नागरिकहरू छन् । 

दूतावासका अनुसार हमास आक्रमणमा परी निधन भएका मध्ये पहिचान भएका शवको कानुनी प्रक्रिया पूरा गरी २/३ दिनभित्र नेपाल पठाउने गरी तयारी भइरहेको छ ।

नन्दसिंह भुल, सुजेन्द्र खड्का, प्रतिभा रौनियार, अनुमा डंगोल, हिना खाँण, आतिस गुरुङ, जुनु गुरुङ, मौसमी पाख्रिन, प्रतिमा तिम्सिना, राजकुमार मानन्धर, संगीता दुलाल, उर्मिला रावल, ममता थापा, दिलकुमारी अधिकारी कार्की, निश्चल श्रेष्ठ, समिता बस्नेत, अम्बिका सुवेदी, सरिता गुरुङ र उर्मिला श्रेष्ठलाई उद्धार गरिएको दूतावासले जनाएको छ ।

भारत हुँदै नेपाल फर्कने उनीहरूलाई नयाँ दिल्लीस्थित नेपाली दूतावासले सवारीसाधनको व्यवस्था गरेर नेपाल पठाउने व्यवस्था गरिएको छ । उनीहरू मङ्गलवार बेलुका ७ बजेसम्म नयाँ दिल्ली आइपुग्ने छन् । यसअघि इजरायलबाट २५३ नेपालीलाई नेपाल एयरलाइन्सको विमानमार्फत स्वदेश फर्काइएको थियो । 

 सो घटनामा परी ‘लर्न एण्ड अर्न’ कार्यक्रम मार्फत इजरायल आएका १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने एक जना विद्यार्थी विपिन जोशी अझै हराइरहेका छन् । बेपत्ता विद्यार्थी जोशीको समेत खोजी कार्य तीव्र पारिएको दूतावासले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय