
भेषराज पाण्डे,ए वान नेपाल
गैरआवासिय नेपाली संघ ,रास्ट्रीय समन्वय परिषद -इजरायलयले यो वर्षको तीजमा मौलिकता जोगाउने गरि कार्यक्रम तय गरेको छ । तीजको दर खाने दिन अर्थात सेप्टेम्बर १७ तारिख, आइतबार साँझ इजरायलवासी नेपालीलाई लक्षित गर्दै तेल अभिवस्थित लेबेन्स्की पार्क र यौनजन्य हिम्सामा परेका दिदीवहिनीहरु आश्रित रक्षा नेपाल, काठमाडौमा एकै साथ विशुद्ध शाकाहारी दर खुवाउने कार्यक्रम राखिएको एन आर एन ए इजरायलले जनाएको छ ।
घरपरिवार बाट टाढा परदेशमा रहदा पनि परिवार सङ्गै रहेको अनुभूति दिलाउन यो संस्थाले प्रत्येक वर्ष यसरी इजरायलमा कार्यक्रम गर्दै आएको छ । सामाजिक सेवामा समर्पित गैर राजनैतीक अनि गैर नाफामुलक संस्था भएर नै एन आर एन ए इजरायलले आफ्नो सेवा जन्मथलोमा पनि पुर्याउदै आएको छ । त्यसैको सिलसिलामा परदेश र घरदेशमा एकैपटक दर खुवाउने उद्देश्य स्वरुप रक्षा नेपालमा आश्रित चेलीहरुलाई पनि सोही दिन नै दर खुवाउने योजना तय गरिएको एन आर एन ए इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीले बताउनु भयो ।
इजरायललाई कर्म थलो बनाउदै आउनु भएका सम्पूर्ण नेपाली र नेपाली भाषी दिदी बहिनी तथा दाजुभाईहरु आइतबार अर्थात् भोलि सांझ ८ बजेदेखि निशुल्क दर खांदै मौलिक तीज गितमा रम्न सक्नेछन् । इजरायलको प्रमुख व्यापारिक केन्द्र तेल अभिव स्थित लेबेन्स्की पार्कमा गरिन लागेको सो कार्यक्रममा नेपाली राजदुतावास सङ्गै विभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई आमन्त्रण गरिएको आयोजकले बताएको छ । निशुल्क प्रवेशको व्यवस्था गराईएको सो कार्यक्रममा विशेषत चेलीहरु माइत गए सरह आउन र दाजुभाईहरु पनि सम्भव भए सम्म मादलहरु बोकि आएर मौलिक तीज गितमा रमाइलो माओल सिर्जना गर्दै मिस्ठान्न दरको आनन्द लिन सक्नेछन् ।