
भेषराज पाण्डे
राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भएको नेपाल नागरिकता ऐन २०६३ लाई प्रतिनिधिसभाबाट बिहिबार बहुमतले पारित गरेको छ । सांसदमा सबै सदस्य उपस्थित नभए पनि १९५ जना सांसद उपस्थित रहेका थिए। संसद बैठकमा मतविभाजन गर्दा विधेयकको पक्षमा १३५ र विपक्षमा ६० सांसद देखिएका थिए । यसरी प्रतिनिधिसभाबाट पारित भएको यो विधेयक लाई अब राष्ट्रिय सभामा जान्छ पुर्याईन्छ।