गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलले यहाँस्थित विभिन्न संघ संस्थाहरुको साथमा इजरायलका लागि नेपालका राजदूत महामहिम कान्ता रिजालको आतिथ्यमा शुभकामना आदानप्रदान तथा सचेतनामूलक कार्यक्रम राखेको छ ।
एन आर एन इजरायलको जुम भर्चुअलमा हुने सो कार्यक्रम नेपालीहरुको महान पर्व विजया दशमी , मोहनी नख शुभ दिपावली, नेपाल सम्वत ११४४ तथा छठ पर्वको सु अवसरमा इजरायलमा रहनुभएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुबीच शुभकामना आदानप्रदानका साथसाथै गत अक्टोबर ७तारीख हमासले इजरायलमा गरेको आकस्मिक हमलापश्चात इजरायलमा बढेको द्वन्दात्मक परिस्थितिमा हामी कसरी सुरक्षित र सतर्क रहने भन्ने विषयमा केन्द्रित रहनेछ ।
२३ अक्टोबर दिउसो ३ः३० बजे कार्यक्रम हुने भएकोले सम्पूर्णमा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिएको छ ।
हार्दिक निमन्त्रणा !
नेपालीहरुको महान पर्व विजया दशमी, मोहनी नख शुभदिपावली, नेपाल सम्बत ११४४ तथा छठ पर्वको सु-अवसरमा नेपाली राजदुतावास इजरायलका महामहिम राजदुत कान्ता रिजाल ज्यु र इजरायलमा सक्रिय संघ संस्था तथा नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको उपस्थितिमा शुभकामना आदानप्रदान एवं इजरायलमा उत्पन्न द्वन्द्वात्मक परिस्थितिको सतर्कता कार्यक्रम राखिएकोले निम्न मिति , समय र स्थानमा उपस्थित भैदिनुहुन सबैमा हार्दिक निमन्त्रणा गर्दछौं ।
मिति : २३ अक्टोबर २०२३ सोमबार
समय : सोमबार दिनको ठिक 3 -30 बजे
स्थान : संस्थाको ZOOM Virtual
ID -https://us06web.zoom.us/j/7270232080….
अलि मोहम्मद मिया
महासचिब
एनआरएनए-एनसीसी इजरायल |