गाजामा भैरहेको आक्रमण रोक्न माग गर्दै काठमाडौंस्थित इजरायली दूतावास अगाडी प्रदर्शन

२०८० आश्विन ३०, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं : प्यालेस्टाइनकाे गाजा क्षेत्रमा भइरहेको इजरायली आक्रमण रोक्न माग गर्दै काठमाडौंस्थित इजरायली दूतावास अगाडि प्रदर्शन गरिएको छ।

प्यालेस्टाइन समूह हमासको आक्रमणपछि प्रति आक्रमणमा उत्रिएको इजरायलले गाजा क्षेत्र ध्वस्त पारेको भन्दै मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले मंगलबार तत्काल आक्रमण रोक्न भन्दै प्रदर्शन गरेको हाे।

उनीहरुले इजरायल र अमेरिकाले प्यालेस्टाइनी जनतामाथि आतंकको फैलाएको आरोप लगाएका छन्। प्रदर्शनकारीले प्यालेस्टाइनलाइ युद्धबाट जोगाउन र प्यालेस्टाइनमा शान्ति कायम गर्न माग गरेका छन्। नेपालले विगतमा पनि एक घटनामा संयुक्त राष्ट्रसंघमा इजरायलकोको पक्षमा मत दिएको थिएन । डिसेम्बर २०१७ मा राष्ट्रसंघमा भएको मतदानमा नेपाल जेरुसेलमलाई इजरायलको राजधानी नमान्ने एक सय २८ विपक्षी मुलुकको खेमामा उभ्याएको थियो ।

प्यालेस्टाइनको गजापट्टिमा चरमपन्थी विचार सहित उदाएको अतिवादी समूह हमास (इजरायल लगायत धेरै गैर मुस्लिम राष्ट्रहरु यसलाई आतंकवादी नै मान्छन)ले समस्त प्यालेस्टाइनलाई प्रतिनिधित्व गर्दैन भन्ने थाहा नपाएर या वास्तविकता नबुझी इतिहासको पाना पल्टाएर भावनामा गरिने यस्तै समर्थनहरुले गर्दा इजरायलले नेपाललाई सच्चा मित्र मान्न सकेको छैन ।

यद्यपि नेपाल त्यही देश हो, जसले इजरायललाई छुट्टै देशको मान्यता दिन सार्क क्षेत्रबाट सबैभन्दा पहिले हस्ताक्षर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय