न्यूयोर्कमा बन्दुकधारीको गोली प्रहारबाट दुई प्रहरीको निधन

२०७१ पुष ६, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

एजेन्सी,

अमेरिकाको न्युयोर्क शहरमा एक बन्दुकधारीको गोली प्रहारबाट दुई जना प्रहरीको ज्यान गएको छ ।  ड्यूटीमा गस्ती गरिरहेका  समयमा २८ वर्षीय बन्दुकधारी इस्मायील ब्रिन्स्लेले  अन्धाधुन्धा गोली प्रहार गरेका थिए । गाडीमा रहेका  वेन्जीयान लिउ र राफेल रामोसलाई गोली प्रहार गरेर फरार भएका इस्मायील ब्रिन्स्लेले आफैलाई गोली प्रहीर गरी आत्महत्या गरेका छन् भने घाईते प्रहरीहरू दुवै जनालाई  अस्पतालले मृत घोषित गरेको छ ।newyorkfinal
घटना लगत्तै न्युयोर्कभर सुरक्षा ब्यबस्था कडा पारी  अनुसन्धान थालिएको छ । न्युयोर्कका प्रहरी कमिस्नर बील ब्राटनले बन्दुधकारीले प्रहरीलाई बर्दीकै लागी निशाना बनाएको बताएका छन् । न्युयोर्क शहरमा गोली प्रहारका घटना बारम्बार हुने गरेपनि प्रहरी अधिकारीलाई निशाना बनाईएको भने सन् २०११ पछिको यो पहिलो घटना हो । घटनाको वारेमा कडा अनुसन्धान भईरहेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय