
ए वान नेपाल , इजरायल
चीनमा गरिएको एक अध्ययन अनुसार ११ जनवरी सम्ममा चीनमा कोरोना भाइरस संक्रमितको सङ्ख्या करिब ९० करोड पुगेको छ । गान्सु प्रान्तमा ९१ प्रतिशत जनता भाइरस संक्रमित रहेको बताइएको छ । यसैगरी युनान र क्विन्गहाइ प्रान्तमा संक्रमितको प्रतिशत क्रमशः ८४ र ८० रहेकोे बताइएको पाइएको छ ।
चीनका एकजना वरिष्ठ महामारीविद्ले चान्द्रिक नयाँवर्षको अवधिमा चीनको ग्रामीण क्षेत्रमा अझै संक्रमणको घटना बढ्न सक्ने चेतावनी दिएका छन् । चिनियाँ रोग नियन्त्रण केन्द्रका पूर्वअध्यक्ष जेङ गुआङले चीनमा कोभिड लहरको चरम स्थिति दुईदेखि तीन महिनासम्म रहन सक्ने अनुमान गरेका छन् ।
पछिल्लो प्रतिवेदनअनुसार चीनको कूल जनसङ्ख्याको ६४ प्रतिशत भाइरस संक्रमित रहेको अनुमान गरिएको छ ।