पाकिस्तानमा भएको आतंककारी हमलामा एक सय बढी बालबालिकासहित कम्तिमा १३२ जनाको मृत्यु

२०७१ पुष १, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

एजेन्सी, पाकिस्तानको पेशाबर शहरस्थित एक सैनिक बिद्यालयमा भएको तालेबानी आक्रमणमा १ सयबढी बालबालिकासहित कम्तिमा १३२ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा धेरै जसो बिद्यार्थीहरु रहेका छन् ।
 pakfinal1अधिकारीहरुका अनुसार ६ जना आतंककारीहरु सुरक्षाकर्मीको लुगा लगाएर बिद्यालय छिरेका र त्यसपछि गोली हान्न शुरु गरेका  थिए ।
बिद्यार्थीहरुको हत्यापछि आतंकारीमध्ये एक जनाले आफैमाथि गोली हानेका थिए भने अन्य पांच जना सुरक्षाकर्मीको कार्बाहीमा मारिएका छन् ।
पाकिस्तानको खैबर पाख्ननुनख्वाहका स्वास्थ्यमन्त्री शेहराम तरकाईले मर्नेहरुमा १०० भन्दा बढी बालबालिका रहेका र बांकी शिक्षक तथा सैनिक रहेका जानकारी दिएका छन् ।
यसैबीच घटनापछि पेशाबर पुग्नु भएका पाकिस्तानका प्रधानमन्त्री नबाज शरिफले घटनालाई आततायी र मानबताबिरोधी कदम भएको भन्दै आक्रमणको भत्र्सना गर्नुभएको छ ।
पाकिस्तानले तीन दिनसम्म राष्ट्रिय शोक घोषणा गरेको छ ।
उता तालेबानका प्रबक्ताले अन्तर्राीष्ट्रय संचार माध्यमहरुलाई टेलिफोन गरि तालेबान बिद्रोहीबिरुद्ध सेनाले बजरिस्तानमा गरेको कार्बाहीको प्रतिकार स्वरुप आकृमण गरिएको बताएका छन् ।
तालेबानको घृणित कार्यलाई पाकिस्तानका राजनीतिक एवं धार्मिक नेताहरु कायरतापूर्ण कार्य भन्दै निन्दा गरेका छन् ।
५अन्तर्राष्ट्रिय समुदायले पाकिस्तानको पेशाबरमा बालबालिका पढ्ने बिद्यालयमा भएको आतंकारी हमलाको निन्दा गर्दे गहिरो शोक प्रकट गरेको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि पेशाबर आक्रमणलाई आतंकारीहरुको कायरताको संज्ञा दिदै ज्यान गुमाएका परिवारजनमा सहानुभूति प्रकट गर्नुभएको छ । मानब जातिमा सबैभन्दा निर्दोष बालबालिका माथिको बर्बर आक्रमणको भारतीय प्रधानमन्त्रीले भत्र्सना गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय