विवाहको कपडा मन नपरेको भन्दै वेहुलीले विवाह रद्द गरेपछी ….?

२०७१ मंसिर २९, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

एजेन्सीको सहयोगमा,

कस्तो अचम्म, विवाहको मण्डपमा वसिसकेका वेहुला-वेहुलीको विवाहमा दुलहीलाई ल्याईएको  कपडाको कारण विवाह तोडियो, सुन्दा अनौठो लाग्छ तर यस्तै भयो  गत आईतवार लखनऊमा भएको एक  विवाह समारोहमा ।
दुलहीको इच्छा अनुसारको कपडा नल्याएको , पुरानो मोडलको कपडा ल्याएको भन्दै दुलहीले विवाह रद्द गरेर  जन्तिलाई रित्तै फर्काईदिएकी छिन् । वरमाला पहिर्याईसकेपश्चात दुलहीले आफुले लगाएको लुगा नियालिन् । उनलाई त्यो लुगा पटक्कै मन परेन यसपछि उनले दुलाहासँग नयाँ लुगाको डिमाण्ड गरिन्,     तर रातीको समयमा भएको विवाह र करिव १ बजिसकेकाले उनको इच्छा पुर्याउन नसक्ने  बताएपछि दुलहीले वरमालामा पहिर्याईएको  माला चुडालेर दुलाहातर्फ फालिदिईन् र  आफूलाई दुलाहा मन नपरेको भन्दै विवाह नगर्ने वताउदै विवाह समारोहवाट वाहिरिईन् ।bibah
दुलहीको रिसलाई शान्त पार्ने प्रयास गरिएतापनि सफल हुन सकेन अन्तत: विवाह स्थलमा प्रहरी आईपुगे ।  दुलही पक्षका मानिसहरूले प्रहरीलाई दुलहीलाई दुलाहा मन नपरेको र दुलहीले आफूले विवाह गर्न नसक्ने बताएको भन्दै लेखेर दिएपश्चात  प्रहरीको पनि केही लागेन अन्तत: विवाह रद्द भयो , जन्तिहरू दुलही नलिई रित्तै फर्किए ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय