भारतिय संचार माध्यामवाट,
भारतको नयाँ दिल्लीमा रहेको ३३ वटा दुतावासमा हमलाको चेतावनी आएको जनाईएको छ । सुत्रका अनुसार ३३ वटा दुतावासलाई वम हमलाको धम्कि आएको र सवै चिठ्ठीहरू एकै श्रोतवाट आएको वताईएको छ । दुतावासमा वम हमला गर्ने धम्कि आएपश्चात सम्पुर्ण दुतावासहरूमा शुरक्षा व्यावस्था कडा पारिएको छ । इंटेलिजेंस ब्यूरोले उक्त धम्कि कतिसम्मको गंम्भिर रहेको छ भन्ने विषयमा अनुसन्धान गरिरहेको छ ।
अमेरिकाले पनि दिल्लीमा खतरापुर्ण हमला हुन सक्ने सुचना पाएको जानकारी दिएको छ । अमेरिकाका राष्ट्रपती वराक ओवामा जनवरी २६ मा भारत आउने निधो भएपश्चात हमलाको अलर्ट आएको थियो । ओवामा गणतंत्र दिवस समारोहमा मुख्य अतिथीको रूपमा भारत भ्रमणमा आउदैछन् ।