एनआरएनए-एनसिसी इजरायलको सदस्यता लिने समय २ दिन थप

२०८० असार १३, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

एवान नेपाल,

एनआरएनए-एनसिसी इजरायलको २०२३-०२५  नयाँ कार्यकालको निम्ति गत १२ मईदेखि २८ जुनसम्मको लागि खुल्ला गरिएको नयाँ सदस्यता वितरण समयावधि अरु दुई दिन थप गरिएको एनआरएनए-एनसिसी इजरायलले जनाएको छ ।

यससँगै एनसिसी इजरायलको सदस्यता आगामी ३० जुनसम्म लिन सकिने छ ।
२८ जुन वुधवार अध्यक्ष गणेश गिरीको अध्यक्षतामा बसेको कार्यसमितिको औपचारिक बैठकले सदस्यता लिन इच्छुकहरुको चाप र अन्य प्राविधिक चापका कारण सदस्यता लिने मिति थप गर्ने निर्णय गरिएको महाससिचव श्री कृष्ण भण्डारीले जानकारी दिए ।

महासचिव भण्डारीले यसपछि बस्ने समितिको बैठकले आठौं अधिवेशनको मिति र चुनावी समितिको घोषणा गर्ने बताए ।

जुलाई ३१ सम्ममा एनसिसीहरुको अधिवेशन सम्पन्न गरिसक्नुपर्ने वाध्यतामा रहेको एनसिसी इजरायलको आगामी कार्यकालको नेतृत्वको लागि चौतर्फी चर्चा  शुरु भएको छ ।

सदस्यता लिन के गर्ने ?

एन्ड्रोइड डिभाइसमा PLAY STORE र आइओएस डिभाइसमा APP STORE मा गइ SMART NRNA टाइप गरी NRNA को APP डाउनलोड गरेर Create New Account मा थिचेर  Country मा Israel चयन गरी Instructions Follow गर्दै माग गरिएका कागजातहरु समावेश गर्दै सदस्यता आवेदन फारम SUBMIT गर्न सकिनेछ ।
सदस्यता शुल्क भुक्तानिको लागि इजरायलको हकमा एनआरएनए-एनसिसी इजरायलको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु वा एनसिसी इजरायलसँग सम्वन्धित व्यक्तिहरु मार्फत Cash Payment गर्न सकिने व्यवस्था गरिएको संघले जनाएको छ ।
आवेदन फर्म भर्दा इमेल ठेगाना र मोवाइल नम्वर अनिवार्य रहन्छ र त्यही इमेल ठेगाना र मोवाइल नम्वर नै स्वत: तपाईको प्रोफाइलको युजर आइडी हुनेछ । यहाँले प्रविष्ट गर्नुभएको आवेदन स्विकृत वा अस्विकृत भएको सुचना लगायत एनआरएनए सम्वन्धि सम्पूर्ण जानकारी सोही इमेल ठेगानामा प्राप्त गर्नुहुनेछ । तपाईले फाराम भर्दा उल्लेख गर्नुभएको पासवर्ड तपाई स्वयंले सुरक्षित राख्नुपर्नेछ ।
छिटो र छरितोको लागि व्यवस्था गरिएको अनलाइन प्रविधि सबैको लागि त्यति सहज नहुन सक्ने भएकाले सहयोगका लागि  0586871258, 0509249393 वा il.generalsecretary@nrna.org मा सम्पर्क गरी सहयोग प्राप्त गर्न सकिने संघले जनाएको छ ।

VIDEO DEMO :

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय