एनआरएनए-एनसिसी इजरायलको अधिवेशन सर्यो, २७ जुलाईमा हुने

२०८० श्रावण ३, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

तेल अविव – यहि जुलाई २२ तारिख हुने भनिएको गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एनसिसी) इजरायलको ८ औ महाधिवेशन केहि दिन पछि सरेको निर्वाचन समिति २०२३ ले जनाएको छ  ।

निर्वाचन समितिले सुचना सार्वजनिक गर्दै आगामी २२ जुलाई शनिवारको लागि तय गरिएको आठौं अधिवेशन समय अभावका कारण २७ जुलाई बिहिवारको लागि सारिएको जानकारी दिइएको हो । यससँगैको अधिवेशनम २७ जुलाईमा हुनेछ भने निर्वाचन २९ जुलाई शनिवार हुने समितिले जनाएको च

निर्वाचन समितिलेले महाधिवेशनलाई शान्त, सौहार्दपूर्ण रुपमा सम्पन्न गर्न नेपाली राजदूतावास इजरायल लगायत इजरायलमा रहेका सम्पूर्ण सामाजिक, राजनितिक, जातिय, धार्मिक संघसंस्थाहरु लगायत यहाँ क्रियाशिल संचारकर्मीहरु लगायत सम्वन्धित सबैमा हार्दिक अपिल गरेको छ ।

गैर आवासिय नेपाली संघ इजरायलले ८ औ महाधिवेशन मिति सार्वजनिक गर्दै यस अघि नै संस्थाका संरक्षक दिपक प्रसाद ओलीको संयोजकत्वमा ३ सदस्यिय निर्वाचन समिति  गरिसकेको छ ।

संघको ७ जुलाई वुधवार बसेको कार्यसमितिको औपचारिक बैठकले संरक्षक दिपक प्रसाद ओलीलाई निर्वाचन समिति संयोजकको जिम्मेवारी प्रदान गरेको थियो ।

त्यस्तै समितिको बैठकले महाधिवेशनलाई शान्त, सौहार्दपूर्ण रुपमा सम्पन्न गर्न नेपाली राजदूतावास इजरायल लगायत इजरायलमा रहेका सम्पूर्ण सामाजिक, राजनितिक, जातिय, धार्मिक संघसंस्थाहरु लगायत यहाँ क्रियाशिल संचारकर्मीहरु लगायत सम्वन्धित सबैमा हार्दिक अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय