नेपाल पत्रकार महासंघ कतारको दबाबमुलक अन्र्तक्रिया कार्यक्रम सम्पन्न

२०७१ पुष २८, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

ए1न्यूज कतार भुवन के.सी,
1नेपाल पत्रकार महासंघ कतार शाखाले अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । समयमै संविधान बनाउन दवाव दिने उद्देश्यका साथ नेपाली जनताहरुसँग गरेका बाँचा नतोडौ, २०७१ माघ ८ भित्रै संविधान निर्माण गरौ भन्ने विषयमा कतारमा क्रियाशिल नेपालका राजनैतिक दलहरुका कतार स्थित भातृ संगठनहरुका प्रमुखहरुको उपस्थितिमा दवावमुलक एक दिवसिय अन्र्तक्रिया कार्यक्रम हिजो सम्पन्न गरेको हो  ।
नेपाली काग्रेसको कतारस्थित भातृ संगठन नेपाली जनसम्र्पक समितिका अध्यक्ष विमल सुवेदी, नेकपा एमालेको भातृसंगठन प्रवासी नेपाली मन्चका अध्यक्ष रामहरि गैरे, एनेकपा माओबादी सम्वद्ध जनप्रगतिशिल मन्चका अध्यक्ष होमनाथ शर्मा, नेपाली एकता समाज, कतारका अध्यक्ष लुमाकान्त पुन र नेपाली संघिय समाजबादी पार्टीका अध्यक्ष चन्द्र राईले नयाँ बन्ने संविधानको विषयमा केन्द्रित उक्त कार्यक्रममा संविधानका विभिन्न विवादित विषयबस्तुहरु, प्रवासका समस्याहरु, महिला तथा जनजातिहरुसँग सम्वन्धित विषयहरुमा राजनैतिक दलका भातृ संगठनका प्रमुखहरुले सो कार्यक्रमा उठाइएको सवालहरुको जवाफ दिएका थिए ।
10933710_10200142211074363_4831003388105542740_nरोजगारी तथा व्यवसायका सिलसिलामा कतारमा यतिबेला नेपालीहरुको उपस्थिति अधिक छ भने नेपाली सामाजिक तथा राजनैतिक संघसस्थाहरु खुल्ने र सक्रिय हुने क्रम पनि बढेको छ । कतारमा रहेका राजनैतिक दलका भातृसंगठनहरुका कार्यक्रमहरुमा सहभागी हुन समय समयमा नेपालबाट राष्टियस्तरका नेतृत्वहरु पनि आउने जाने भइरहन्छ, नेपालीहरुको चाप अध्याधिक र संघसस्थाको बढदो क्रियाकलापले नेपालमा जस्तै ताजा विषयहरुले पनि यहाँ छलफल र चर्चाको स्थान पाइरहेको हुन्छन, यसै विच अहिलेको चर्चाको विषय 10897113_10200142215954485_2052546135855671876_nसंविधान निर्माणलाई पनि प्रभावकारी गराउन र कतारमा रहेका राजनैतिक दलका भातृसंगठनहरु मार्फत दवाव सिर्जना गर्दै समग्र कतारका रहेका नेपालीहरुको तर्फबाट समयमै संविधान जारी होस भन्ने दवावमुलक सन्देश प्रवाह गर्नको लागी यो अन्र्तक्रियाले भुमिका खेल्ने आयोजकको भनाई छ ।
1526789_10200142214754455_8896656005413112427_nनेपाल पत्रकार महासंघ कतारका सचिव मोहम्द अजिज अलिले सन्चालन गर्नुभएका सो अन्र्तक्रिया कार्यक्रयमा बुद्धिजीवी, समाजसेवी, महिला तथा पत्रकार लगायतको उपस्थिति थियो भने एनआरएन एनसिसि कतारका अध्यक्ष मक्सुद आलम, महिला समाजकी अध्यक्ष रेखा राई, कान्तिपुर प्र्रवासका पत्रकार होम कार्की,  नेपाल प्रवास जनजाति महासंघका पूर्व अध्यक्ष विनेश तामागं, अर्घाखाँची सेवा समाजका अध्यक्ष युवराज पाण्डे, त्यसै गरि, नेपाली जनसम्र्पकका घिरज चाम्लीग, पाल्पाली समाजका पूर्व अध्यक्ष भुपराज दवाडी, ओम दुलाल, कृष्ण केसी, तीलविक्रम थेवे लगायतले नयाँ बन्ने सविधानमका विभिन्न विषयहरु, संघियता, मतअधिकार, महिला समस्या, रोजगारीसँग सम्वन्धित विषयमा आफनो प्रश्नहरु राखेका थिए । प्रत्युत्तरको क्रममा भातृसंगठनका अध्यक्षहरुले साझा प्रतिबद्धता जाहेर गर्नुका साथै संविधान निमार्णका लागी आफनो मुलपार्टीलाई थप दवाव दिने प्रतिवद्धता पनि गरेका छन् ।

फोटो : कृष्ण पराजुली घनश्याम

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय