रेडियो हिमशिखर अनलाइनको इजरायलबाट विधिवत उद्घाटन

२०७१ पुष १८, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

radio himshikhar 1हरी मानन्धर, इजरायल – उज्ज्वल भविष्य मेडिया ग्रुप मार्फत सञ्चालनमा ल्याइएको रेडियो हिमशिखरको विधिवत सञ्चालनका लागि नयाँ अँग्रेजी नयाँ बर्ष पार्दै अनलाइन मार्फत उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । अँग्रेजी नयाँ बर्ष २०१५, जनवरी १ का दिन बेलुकि ९.३० बजेबाट शुरू भएको कार्यक्रम, कार्यक्रम सँयोजक श्री कृष्णकुमार रायमाझीको सभापतित्वमा सम्पन्न भएको थियो ।

सो कार्यक्रममा प्रमुख अतिथिमा इजरायलका लागि नेपाली राजदुत महामहिम श्री प्रल्हादकुमार प्रसाई ज्यू, एनआरएन इजरायलका महासचिव श्री तीर्थ गौतम, नमस्तेनेपाल रेडियोका अध्यक्ष श्री रामशरण बानियाँ लगायतले आतिथिको रूपमा उपस्थिति जनाउनुभएको थियो ।

सँस्थाकि सदस्य श्रीमति काजल घिमिरेद्वारा उपस्थित सम्पूर्ण महानुभावहरूलाइ स्वागत गर्दै शुरू भएको उकत कार्यक्रम इजरायलका लागि नेपाली राजदुत महामहिम श्री प्रल्हादकुमार प्रसाई ज्यूबाट उद्घाटन गरिएको थियो । उद्घाटनकै क्रममा महामहिम प्रसाई ज्यूले विदेशी भूमिबाट नेपाली रेडियो शुरू भएकोमा खुशी व्यक्त गर्दै देश,राजनैतिक जनचेतना, साँस्कृतिक उत्थान, ज्ञानविज्ञान, महिला शशक्तिकरण लगायतका बिषयबस्तुलाई लिएर अगाडि बढेको रेडियो हिमशिखर सधै सफल रहोस् भन्ने शुभकामना पनि व्यकत गर्नुभएको थियो । साथै सम्पूर्ण देश तथा विदेशमा रहनुहुने नेपालीहरूका लागि अँग्रेजी नयाँ बर्ष २०१५ को शुभकामना समेत व्यक्त गर्नुभएको थियो ।

यसै क्रममा नमस्तेनेपाल रेडियोका अध्यक्ष रामशरण बानिया र एनआरएन इजरायलका महासचिव तीर्थ गौतमद्वारा पनि नयाँ बर्षको शुभकामना सहित रेडियो हिमशिखरको सफलताका लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम सभापति श्री कृष्णकुमार रायमाझीद्वारा यहाँसम्म आइपुग्दा हामीले स्थापना गरेको नविनेपाल डटकम हुदै नेपालमा रजिष्टर गरिएको उज्ज्वल भविष्य मेडिया ग्रुप र यसै मार्फत स्थापना गरिएको यो रेडियो हिमशिखरका बारेमा स्पष्ट धारणा राख्नुभएको थियो । करिव एक बर्ष अगाडिदेखि नविननेपाल डटकमको आगनीमा हुदै आइरहेको नविन प्रतिभा साँझ अनलाइन स्काइपी कार्यक्रमलाइ पूर्ण रूप दिनकै लागि रेडिय हिमशिखर स्थापना गरिएको बताउँदै कार्यक्रमलाई समापन गर्नुभएको थियो ।

उक्त कार्यक्रम सँस्थाका सदस्यद्वय गणेश गौतम र लक्ष्मी अधिकारीले संयुक्त रूपमा उद्घोषण गर्नुभएको थियो भने सँस्थाकै सदस्यहरू भोलो थापा, माया खनाल उदघोषण सहयोगीमा रहनुभएको थियो । यस्तै उक्त कार्यकमलाइ सँस्थाका सदस्हरू नीलकण्ठ अधिकारी, तेजु घिमिरे, काजल घिमिरे, जानुका निरौला तथा धर्म भण्डारीले व्यवस्थापन गरिरहनुभएको थियो ।

उक्त कार्यक्रममा लाइभ अडियो प्रसारणका लागि सँस्थाकै सदस्य हरि मानन्धर र रमेश काफ्ले कम्प्यूटर अपरेटरमा रहनुभएको थियो ।

उक्त कार्यक्रम पछाडिको दोश्रो कार्यक्रममा सँस्थाका सदस्यहरू तथा विभिन्न देशबाट रेडियो हिमशिखरलाई माया गर्नुहुने र सहयोग गरिरहनुभएका श्रोता तथा आत्मिय मित्रजनहरूद्वारा शुभकामना आदानप्रदान तथा मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय