एयर एसियाको विमान समुन्द्रमा खसेको आशंका, आधिकारीक रुपमा पुष्टि हुन बाँकी

२०७१ पुष १३, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

air Asiaएजेन्सी । इन्डोनेसियाको सुराबाया शहरबाट चालक दलका सात सदस्यसहित १ सय ६२ यात्रु बोकेर उडेको क्यू.जेड ८५०१ नम्बरको एयरबस थ्रि ट्वेन्टी विमान समुन्द्रमा खसेको आशंका गरिएको छ ।

इन्डोनिशियाको समाचार एजेन्सी अन्तराले ‘राष्ट्रिय खोज तथा उद्दार एजेन्सी’ लाई उद्धृत गर्दै विमान बेलिटुङ टापुदेखि १४५ किमी टाढा समुद्रमा खसेको जनाएको छ ।

खराब मौसमका कारण विमानले दिशा परिवर्तनका लागि सोधेको थियो । त्यसलगत्तै सम्पर्कविहीन भएको अधिकारीहरुले जनाएका छन् । चीनको सीसीटीभीले बेलिटुंग टापु नजिक विमानको अवशेष देखिएको बताएको भएपनि विमान कम्पनीले त्यसको आधिकारिकता पुष्टी गरिसकेको छैन् ।

स्थानीय समय अनुसार इण्डोनेशियाको सुराबायाबाट विहान ५ः३५ मा उडेको विमान करिव ४० मिनेटपछि ६ बजेर १५ मिनेट जाँदा सम्पर्कविहिन भएको थियो । उडान तालिका अनुसार उक्त विमान सिंगापुरमा स्थानीय समय अनुसार विहानको ८ः३० बजे पुग्नुपर्ने थियो ।

३२ हजार फिटको उचाइँमा उडिरहेको विमानको रुटमा बाक्लो बादल भएकाले विमान बायाँ तर्फ मोडिएकोसम्म सूचना आफूलाई भएको इन्डोनेशियाली अधिकारीले बताएका छन् । यसअघि मलेशियाको राष्ट्रिय विमान सेवा मलेशिया एयरलाइन्सका दुई वटा विमान ‘एमएच ३७०’ र ‘एमएच १७’ यसै वर्ष दुर्घटनामा परिसकेका छन् । २३९ जना यात्रु र चालकदलका सदस्य बोकेको ‘एमएच ३७०’ विमान गत मार्च महिनामा क्वालालम्पुरबाट बेजिंग जाँदै गर्दा वेपत्ता भएको थियो जसको अहिलेसम्म केही पत्ता लागेको छैन । त्यसैगरी २९८ यात्रु बोकेको ‘एमएच १७’ विमान युक्रेनमा मिसाइल आक्रमणमा परी दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय