सेफोक्सुन्डोमा नेपालमै नयाँ प्रविधिबाट विद्युत् उत्पादन

२०७१ कार्तिक २८, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

 

 

Dolpa-Phoksundo-Lake-RSडोल्पा, २८ कात्तिक २०७१, माथिल्लो डोल्पाको फोक्सुन्डो गाविसको रिग्मो गाउँमा गहिरो सेफोक्सुन्डो तालबाट निस्केको पानीबाट नेपालमै नयाँ प्रविधिबाट विद्युत् उत्पादन गरिएको छ । उक्त विद्युत् विश्व वन्यजन्तु कोषको आर्थिक सहयोगमा र क्यानडा, संयुक्त राज्य अमेरिका को प्राविधिक सहयोगमा निकालिएको हो । फोक्सुन्डो जलविद्युत् आयोजना नाम राखिएको उक्त विद्युत्को क्षमता पाँच किलोवाट रहेको छ ।

गत बैशाख महिनामा निकालिएको उक्त विद्युत् तालसम्म पुग्ने हजारौँ विदेशी र स्वदेशी पर्यटकको सेवा सुविधालाई मध्यनजर गरी उत्पादन गरिएको निर्माण कम्पनी न्यू इनर्जीले बताएको छ । तालबाट निस्केको पानी सफा भएकाले यस ठाउँमा विद्युत् निकालिएको  र यो प्रविधि नेपालमै नयाँ भएको कम्पनीले जनाएको छ ।

यस जलविद्युत्मा प्रयोग गरिएको सामानहरुको जम्मा तौल ३४१ किलो रहेको छ । यस ठाउँमा बगिरहेको खोलालाई थुनेर खुला रुपमा जेनेरेटर राखेर बिना विद्युत् गृह विद्युत् उत्पादन गरिएको छ । विद्युत् उत्पादनपछि ताल वरपरका बस्तीहरु उज्यालो भएको तथा टेलिभिजनबाट देश विदेशका खबरहरु सुन्न पाइने गरेको स्थानीयवासी निमा लामाले बताउनुभयो ।

आजभोलि विद्युत् सेवा चौबीसै घन्टा सुचारु रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय