
गैरआवासिय नेपाली संघ राष्ट्रि समन्व परिषद इजरायलको नयाँ कार्यसमिति चयनकालागि आगामि २९ जुलाईको लागि तय गरिएको निर्वाचनकोलागि गठित निर्वाचन समितिले निर्वाचनको प्रयोजनतोलागि प्रमाणिकरण गरिएको मतदाता नामावली सार्वजनिक गरेको छ ।
समितिले कुल ३ सय ९८ जनाको मतदाता उल्लेख गरिएको उक्त नामावलीलाई त्रुटिरहित वनाउने हरसम्भव कोसिस रहेपनि केही प्राविधिक कारणहरुले केही त्रुटी भए यथासिघ्र समितिलाई जानकारी गराउन अनुरोध गरेको छ । त्यस्त समितिले उम्मेदवारी दर्ताको फारम यस अघि नै सार्वजनिक गरिएको बताउदै कुनै पनि पदमा उम्मेदवार दिन चाहने व्यक्तिले बिदाको कारणले स्वयं उपस्थित भएर वा अनलाइनबाट २२ जुलाई शनिवार अप्रहान्नको ३ बजेसम्म उम्मेद्वारी दर्ता गराउन नसके तोकिएको उम्मेद्वारी फारम भरी प्रस्तावक र समर्थकको समेत दस्तखत गराई निर्वाचन समिति संयोजक दिपक प्रसाद ओली rock77.oli@gmail.com वा सदस्य सचिव खगेश्वर अधिकारी khagesh167@gmail.com को इमेल वा एनआरएनए एनसिसी इजरायलको इमेल ठेगाना nrnancc.israell@gmail.com मा पठाइ टेलिफोन नम्वर 054-7469736 र ०54-2859476 मा सम्पर्क गरी जानकारी दिन सकिने बताएको छ ।
मतदाता नामावली यस प्रकार रहेको छ :