चर्चित बलिउड -यापर आदित्य प्रतिक सिंह ‘बादशाह’ चैतको ९ गते नेपाल आउँदैछन् । नाजि ईन्टरटेन्मेन्टले प्रेसमिटको आयोजना गर्दै उक्त जानकारी सार्वजनिक गरेका हुन् । नाजि ईन्टरटेन्मेन्टले आयोजना गर्दै गरेको कार्यक्रम ‘बादशाह लाईभ इन नेपाल’ कार्यक्रममा उनले आफ्नो चर्चित गीतहरु प्रस्तुत गर्ने छन् । आदित्य प्रतिक सिंह ‘बादशाह’ बलिउडका चर्चित र्यापरका रुपमा ख्याति कमाईसकेका छन् । ‘बादशाह’ले हिन्दि, पन्जाबि, ईन्गलिस लगाएतका भाषाहरुमा धेरै र्याप गीतहरु गाईसकेका छन् । उनले गाएका गीतहरुमा डिजे वाले मेरा गाना चलादो…,हिट पार्टि तो अभि सुरु हुई… लगाएतका गीतहरु अहिले निकै चर्चामा रहेका छन् ।
फागुन नौ गतेका दिन हुने यस कार्यक्रमले नेपाल र भारतबीच बिग्रिएको सम्बन्धलाई सुधार्ने सन्देस सबैमा पुग्ने कार्यक्रम आयोजकहरुको भनाई रहेको छ । त्यस्तै भुकम्पले नेपाल ध्वस्त भयो भनेर चलीरहेको हल्लाहरुमाथि अन्तराष्ट्रिय स्तरमानै नेपाल सेफ छ भन्ने सन्देश पनि यसैकार्यक्रमले प्रदान गर्ने कार्यक्रमका आयोजकहरुले बताएका छन् ।चैत्र ९ गते हुने ‘बादशाह लाईभ इन नेपाल’ कार्यक्रम होलि पर्वको अवसरमा रहेको छ ।