प्रतिनिधि सभा विघटन, वैशाख १७ र २७ गते निर्वाचन

२०७७ पुष ५, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ — मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधीसभा विघटन गरेकी छिन् ।

राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै नेपालको संवधानको धारा ७६को उपधारा (१) र (७) तथा धारा ८५ बमोजिम प्रतिनिधीसभा विघटन गरी ताजा जनादेशको लागि जनता समक्ष जान भन्दै आगामी १७ र २७ बैशाखमा गरी दुई चरणको निर्वाचन मिति घोषणा गरेको छ ।

विज्ञप्तिमा संसदिय प्रणालीको आधारभूत मर्म एवं मुल्य मान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्म मुलुकहरुको अभ्यास बमोजिम संघीय संसदको बर्तमान प्रतिनिधीसभा विघटन गरी ताजा जनादेशकालागि नेपाली जनता समत्रक्ष जान मिति २०७८ साल बैशाख १७ गते शुक्रवार पहिलो चरणमा र मिति २०७८ साल बैशाख २७ गते सोमवार दोस्रो चरणमा अर्को प्रतिनिधी सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्न नेपाल सरकार, मन्त्रि परिषदको बैठकबाट निर्णय भई सोही बमोजिम सम्माननिय प्रधानमन्त्रीबाट सिफारिस भएकोले उक्त सिफारिस बमोजिम संघिय संसदको वर्तमान प्रतिनिधी सभा ताजा जनादेशकोलागि निर्वाचनको मिति तोकिएको जनाइएको छ ।

आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनको सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय