३० कृषकहरुलाई निशुल्कमा ७ किसिमका तरकारीको बीउ वितरण

२०७७ मंसिर २०, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कपिलबस्तु मंसीर २० सुरेश कुमार पांण्डेय कपिलबस्तुको शुद्धोधन गाउँपालिका वडा नं. ६ ले वडा भित्रका ३० कृषकहरुलाई निशुल्क ७ किसिमका तरकारीको बीउ वितरण गरेको छ ।

वडा क्षेत्रका कृषकहरुलाई स्वरोजगार बनाउन शुद्धोधन गाउँपालिका वडा नं. ६ ले सक्रियता लिएको हो । शुद्धोधन गाउँपालिका वडा नं. ६ ले ३ दिने कृषि सम्बन्धी तालिम कार्यक्रममा कृषकहरुलाई स्वरोजगार बनाउन प्रेरित गर्दै बिभिन्न बिउ बिजन बितरण गरेको हो ।

बिभिन्न मौसमि तथा व्यमौसमी तरकारी बालीका बिउ तथा यो सिजनमा हुने तरकारी का बिउ बितरण गरि रहेको छ । वडा नं. ६ भित्र रहेका १५ गाउका ३० स्थानिय कृषकलाई कृषि सम्बन्धी तालिम दिई बीउ वितरण गरिएको शुद्धोधन गाउँपालिकाका कृषिशाखा प्रमुख राजेश चौधरीले जानकारी गराउनु भएको छ ।

निर्वाहमुखी कृषि खेति गर्दै आइरहेका कृषकहरुलाई व्यवसायिक कृषक बनाउनको लागि ३ दिने कृषि सम्बन्धी तालिम कार्यक्रम गरी बीउ वितरण गरिएको वडाध्यक्ष बिजय बहादुर यादव बताउनु भएको छ ।

शुद्धोधन गाउँपालिकाका किसानले वडामै कृषि उत्पादनका लागि विउ विजन पाउन थालेपछि लाभान्विन भएका छन् । किसानलाई आवश्यक पर्ने विउ उत्पादन, प्रसोधन र वितरण भएपछि किसानले लाभ लिएका हुन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय