इनास अष्ट्रियाद्वारा आयोजित तीज कार्यक्रमको तयारी अन्तिम चरणमा

२०७७ श्रावण २७, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

ए वान न्यूज अष्ट्रिया, भियना ।

अन्तराष्ट्रिय नेपाली कलाकार समाज इनास अष्ट्रियाद्वारा आयोजित नेपाली महिलाहरूको महान् पर्व “हरितालिका तीज शाँझ 2020”  को तयारी अन्तिम चरणमा पुगेको छ ।

परदेशको वास तरपनि आफ्नै गाउघरको आभास दिलाउदै तीज पर्वमा अष्ट्रियामा रहेका चेलीहरूलाई  तीजको दरको साथमा स्थानिय कलाहरूको वेजोड प्रश्तुतीसहित छमछमी नचाउने, हसाउने तथा भरपुर मनोरन्जन दिलाउनेमा आयोजक कमिटी विश्वस्त रहेको  कार्यक्रम संयोजक सम्झना वोहोराले जानकारी दिनुभयो  ।

कोभिड १९ को कारण अष्ट्रियन सरकारले तोकेको नियम अनुसार  कार्यक्रममा २५० जना  भन्दा कम संङ्ख्या, मास्क अनिवार्य, सामाजिक दुरी तथा ह्याण्ड स्यानिटाईजर जस्ता उपायाहरूको वारेमा आयोजक अत्यन्त सजक रहेको जानकारी गराउदै आम अष्ट्रियावासी नेपालीहरूलाई उपस्थितीको  लागि विनम्र अनुरोध गरिएको छ ।

कार्यक्रम निम्न मिती, स्थान र समयमा तय गरिएको जनाईएको छ ।

मिती- August 15,2020
स्थान- DON BOSCO GASSE -14, 1230 WIEN
प्रवेश समय- वेलुका 4 :30 वजेवाट  ।
प्रवेश शुल्क- प्रतिव्यक्ति दश युरो मात्र (खाना + सफ्ट ड्रिंक र मनोरंजन सहित)

प्रवेश निशुल्क:- भियनाभन्दा  वाहिरवाट आउने महिलाहरू, जेष्ठ नागरिकहरू, १० वर्षभन्दा मुनीका वालवालिकाहरू ।

नोट:– कार्यक्रममा मास्क अनिवार्य रहेको जानकारी गराईन्छ  ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय