राष्ट्रिय तामाङ घेदुङ इजरायलले विशेष कार्यक्रमको साथमा सोनाम ल्होछार पर्व मनाउदै

२०७५ मंसिर १७, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

रोजगारीको शिलशिलामा इजरायलमा रहेका तामाङ समुदायद्वारा  तामाङ जातिको धर्म, संस्कृति, भाषा भेसभुषाको जगेर्ना गर्दै जातिय हक अधिकारको सुनिश्चितताको निम्ति स्थापना गरिएको राष्ट्रिय तामाङ घेदुङ इजरायलले गएका बर्षहरु जस्तै यस बर्ष पनि ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको उपस्थितीमा तामाङ समुदायको महान पर्व  फाग ड्वा ल्हो ( सुगुर वर्ग ) २८५५औे सोनाम ल्होछार मनाउने भएको छ ।

राष्ट्रिय तामाङ घेदुङ इजरायलले आगामी ८ फेव्रुवरी २०१९ शुक्रवार तेलअभिवको हाहगना मार्ग १३५ स्थित वेतवारवर हलमा नेपालका ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरु र इजरायलमा रहेका स्थानिय कलाकारहरुको साथमा   भव्य मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरी  २८५४ औ नागी ल्हो (कुकुर बर्ग) लाई बिदाइ गरी २८५५औं फाग ड्वा ल्हो  ( सुगुर  बर्ग)को स्वागत गर्ने कार्यक्रम तय गरेको ए१नेपाल डट कम लाई जानकारी गराएको छ ।

साँझको ठिक ८ बजेबाट शुरुवात गरिने बताइएको उक्त कार्यक्रममा उपस्थित दर्शक दिर्घालाई थप मनोरंजन प्रदान गर्न  एभरेष्ट डिस्कोका डिजे विपिन तामाङको साथमा रातको ३ बजेसम्म डिस्को म्यूजिकमा  भरपुर मनोरञ्जन लिन सकिने राष्ट्रिय तामाङ घेदुङ इजरायलकी अध्यक्ष विमला मोक्तान तामाङले जानकारी गराउनु भयो । त्यस्तै उहाँले कार्यक्रमलाई थप आकर्षण प्रदान गर्न  आकर्षक उपहारहरुको साथमा भाग्योदय चिठ्टाको पनि व्यवस्था गरिएको बताउनुभयो ।

केही ख्यातिप्राप्त स्थापित कलाकारहरुसँग इजरायल ल्याउने सम्झौता गरिसकिए पनि कुन कुन कलाकारहरु कार्यक्रममा उपस्थित हुनेछन् भन्ने विषयमा आयोजकले हालसम्म सार्वजनिक भने गरिसकेका छैनन् । आयोजकले अर्को समाचारमा कलाकारहरुको नामावली सहित भाग्यदया उपहार कार्यक्रमको विषयमा पनि थप जानकारी गराउने बताएका छन् ।

त्यस्तै आयोजक राष्ट्रिय तामाङ समाज घेदुङ इजरायलले इजरायलमा रहेका सम्पूर्ण ज्योज्यो आले नाना आङा भुरिङ तथा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीवहिनीहरुलाई नेपालको यस सांस्कृतिक पर्वलाई भव्य रुपमा सफल वनाउन कार्यक्रममा उपस्थितीको लागि यसै समाचार मार्फत सामुहिक रुपमा हार्दिक आमन्त्रण गरेको छ ।  आफ्नो सांस्कृतिक पर्वमा सहभागिता जनाई कार्यक्रमवाट भरपुर मनोरञ्जन लिन  समेत आयोजकले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय