महिलामाथि दुव्र्यवहार गरेको आरोप लागेका कृषिमन्त्री पराजुलीबाट राजीनामा

२०७२ असार १७, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

hari-parajuliकाठमाडौं, १७ असार । धान दिवसमा अशोभनीय व्यवहार गरेको भन्दै सर्वत्र विरोध भएपछि कृषिमन्त्री हरिप्रसाद पराजुलीले राजीनामा दिनुभएको छ ।

असार १५ गते धान दिवसमा काठमाडौं मूलपानीको रोपाइँ कार्यक्रममा सहभागी महिलामाथि अशोभनीय व्यवहारको चौतर्फी विरोध भएपछि मन्त्री पराजुलीले एमाले अध्यक्ष केपी शर्मा ओलीमार्फत प्रधानमन्त्री सुशील कोइरालालाई राजीनामापत्र बुझाउनुभएको होे ।

उहाँले ओलीनिवास बालकोट पुगेर पदीय भूमिकाबाट अलग भएको जानकारी गराउनुभएको थियो । पदीय मर्यादाविपरीत अशोभनीय व्यवहार गरेको भन्दै पार्टीले फिर्ता बोलाउने संकेत गरेपछि उहाँले आज राजीनामा दिनुभएको बताइन्छ । एमाले शीर्ष नेताले हिजो छलफल गरी पराजुलीको व्यवहारले पार्टीको छविमा आँच पु¥याएको निष्कर्ष निकालेको थियो ।

सामाजिक सञ्जालमा मन्त्री पराजुलीको अशोभनीय व्यवहारको उछित्तो काढिएको थियो । यसैगरी, कृषिमन्त्री पराजुलीविरुद्ध नाराबाजी गर्दै विद्यार्थी संगठनले काठमाडैंको लैनचौरमा पुत्ला दहन गरेको छ । विद्यार्थी संगठनले मन्त्रीलाई कडा कारबाही माग गर्दै पुत्ला दहन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय