ट्विटरमा मोदीको अपमानपछि इन्टरनेट प्रयोगकर्ताको आक्रोश

२०७२ असार १५, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

modiएजेन्सी,  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अपमानजनक ट्विट गरेपछि भारतीय काँग्रेसकी एक चर्चित कार्यकर्तामाथि इन्टरनेट प्रयोगकर्ताहरूले आक्रोश पोखेका छन् । ‘छोरीहरूसँग सेल्फी खिचेका तस्बिर कमजोर प्रधानमन्त्रीलाई सेयर गर्नुअघि सावधान रहनुहोला । प्रधानमन्त्रीसँग छोरीहरूलाई दुव्र्यवहार गरेको एउटा रेकर्डको फेहरिस्त नै छ,’ उनले ट्विटमा भनेकी छन् ।

यसअघि राष्ट्रका नाममा गरिएको एक मासिक रेडियो सम्बोधनमा मोदीले छोरीसँग सेल्फी खिचेका तस्बिर पठाउन आग्रह गरेका थिए । भारतीय छोरीलाई बचाउन र शिक्षा प्रदान गर्ने एक आन्दोलमा मोदी अहिले अग्रमोर्चामा छन् । मोदीको रेडियो सम्बोधनपछि छोरीसँग सेल्फीको लहर यति भाइरल बन्यो कि केही मिनेटमै २० हजार मानिसले यस्तो तस्बिर पठाए ।

छोरीसँग सेल्फी खिचेका तस्बिर पठाएर पुरस्कार जित्न हरियाणाको एक गाउँले अभियान नै सुरु गरेको थियो । त्यहाँ करिब ८ सय मानिस सहभागी भएका थिए ।

तर, सुश्री कृष्णाको ट्विट सन्देशले ट्विटरमा मोदीका समर्थकहरूलाई आक्रोशित बनाएको थियो । उनको भनाइको तिरस्कार गर्दै हजारौले ट्विट गरेका थिए ।

ट्विटरको एउटा ठुलो सन्देश कृष्णा, छोरीसँग सेल्फी र प्रधानमन्त्रीको रेडियो कार्यक्रम मन की बातप्रति सन्दर्भ जोडिएको थियो । कतिपय ट्विट सन्देश निकै घृणास्पद, दुव्र्यवहारजन्य र हिंसात्मक सन्देश दिने खालका समेत रहेका थिए । त्यस्ता दुव्र्यवहारजनक सन्देशलाई कृष्णाले पुन ट्विट गरेकी थिइन् ।

योसँगै एक प्रयोगकर्ताले दुव्र्यवहारको खोला स्वयं कृष्णातर्फ फर्किएको र त्यस्तो सन्देश प्रेषण गर्नेमाथि कारबाही गर्न अनुरोध गरेका थिए । मोदीका ट्विटरमा ठुलो संख्यामा फलोअर छ । उनीहरूले मोदीका राम्रा कार्यको बचाउ र नराम्रा कार्यको आलोचना गर्छन् । सन् २०१४ को आमनिर्वाचनमा उनका फलोअर निकै सक्रिय रहेका थिए । त्यसो त मोदीले विभिन्न गतिविधिको फेसबुक र ट्विटरमा सन्देश अपडेट गर्छन्, जसका कारण सञ्चारकर्मी र सर्वसाधारलाई यसले सहयोग पु¥याएको छ ।

कृष्णाको ट्विट सन् २०१३ को प्रसंग थियो जसमा एक स्थानीय सञ्चारमाध्यमले कोट्ट्याएको थियो । सन् २००९ मा सत्तासीन भाजपाका अध्यक्ष (तत्कालीन महासचिव) अमित साहसमेत सम्बद्ध संवादमा एक तरुनी महिलाको गैरकानुनी अनुन्धान गर्न दिएको निर्देशनलाई दुईओटा सञ्चारमाध्यमले प्रसारण गरेका थिए ।

रेकर्ड गरिएको सो निगरानीको निर्देशन एकजना साहेब (सर) ले गरेका थिए । ती साहेब गुजरातका तत्कालीन मुख्य मन्त्री नरन्ेद्र मोदी भएको बताइन्छ ।

गैरकानुनी निगरानीविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरिएको थियो । तर, प्रधानमन्त्री मोदीविरुद्धको सो अभियोगलाई अदालतले खारेज गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय