ताप्लेजुङका आगलागि पिडितहरुलाई नमस्ते नेपालको १ लाख सहयोग

२०७२ असार ७, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

ए1न्यूज नेपाल

11655598_896168770444318_939694515_nनमस्ते नेपाल हातेमालो सामाजिक संस्थाले ताप्लेजुङका आगलागि पिडितहरुकोलागि संकलित नगद १ लाख रुपैया हस्तान्तरण गरेको छ ।

“मनोरन्जन, परोपकार र लगानीको क्षेत्रमा पहिचान, नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको अभियान” भन्ने मुल नारासाथ स्थापना गरिएको  नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाले केही महिना अघि भिषण आगालागिका कारण घरवार गुमाई पिडित वनेका ताप्लेजुङको तोक्मेका आगलागि पिडितहरुको निम्ति संकलित सो रकम एक विशेष समारोहका विच ताप्लेजुङ जिल्लाबाट निर्वाचित सभासदद्वय सुर्यमान गुरुङ र राजु गुरुङलाई हस्तान्तरण गरिएको हो ।

२२ जुन सोमवार  काठमाण्डौको अनामनगरस्थित मिडिया इन्टरनेशनल हलमा सभासद सुर्यमान गुरुङको प्रमुख आतिथ्यता तथा सभासद राजु खनालको विषेष आतिथ्यतामा सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रममा नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाका बैकल्पीक सदस्य गणेश जिसीले सो रकम हस्तान्तरण गरेका हुन् ।

11655237_896168993777629_384227219_nकार्यक्रममा रकम वुझ्दै माननिय सभासद गुरुङले नमस्ते नेपालले गरेको कामको प्रशंसा गर्दै प्रवासमा रहेका नेपालीहरुले आफ्नो पेट काटेर पिडितहरुकोलागि गरेको सहयोग पारदर्शी रुपमा वास्तविक पिडितहरुसमक्ष पुर्याउने प्रतिवद्दता व्यक्त गरेका थिए ।

त्यस्तै कार्यक्रममा बोल्दै सभासद राजु खनालले बिदेशमा रहेर आफ्नो कार्यव्यस्तताका बाबजुत पनि नेपालीहरुको हरेक दुखमा साथ दिई मानविय कार्यहरु गर्दै आइरहेको नमस्ते नेपालको सम्पूर्ण टिमप्रति हार्दिक आभार प्रकट गरेका थिए ।

11655499_896168823777646_1605274266_nकार्यक्रममा पत्रकार महासंघका केन्द्रिय सल्लाकार पोषण केसी, रासस प्रतिनिधी तथा केन्द्रिय प्रेस युनियनका उपमहासचिव भीष्म ओझा, महासंघका भु. पु. केन्द्रिय सदस्य प्रकाश थापा,  नेपाल टेलिभिजनबाट दिलिप थापा, प्रेस युनियनका केन्द्रिय सदस्य माधव धिताल, डिसी नेपाल डटकमका संचालक दिपेशराज थारु लगायत पत्रकारहरुको उपस्थिती रहेको थियो ।

11653284_896168817110980_1897972506_nकार्यक्रममा टेलिफोनमार्फत मन्तव्य दिदै प्रवासमा रहनुभएका नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाका केन्द्रिय अध्यक्ष रामशरण बानियाले देशमा गएको आमबिनाशकारी भुकम्पका कारण रकम हस्तान्तरणमा ढिला भएकोप्रति क्षमा माग्दै कार्यक्रम सफल बनाउनु हुने सम्पूर्ण सहयोगी मनहरुमा, अभियानमा मनदेखि अहोरात्र खट्नु हुने संस्थाका सबै पदाधिकारी तथा सदस्यहरुमा धन्यवाद ब्यक्त गर्नु भयको थियो । त्यस्तै कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष हिमाल शर्माले पनि छोटो मन्तब्य राख्नु भएको थियो ।

संस्थाको बैकल्पिक केन्दीय सदस्य गणेश जिसीको सभापतीत्यमा     औपचारीक रुपमा सुरु भएको उक्त कार्यक्रमलाई पत्रकार एंवम् कार्यक्रम संयोजक लोकराज अधिकारीले संचालन गर्नु भएको थियो।  सो कार्यक्रमलाई www.radionamastenepal.com बाट संस्थाका कोषाध्यक्ष तथा रेडीयो संयोजक विश्व दुलालले प्रत्यक्ष प्रसारण गर्नु भएको थियो भने सो कार्यक्रमको अप्रेटीड्ग इजरायलबाट सरु कोईरालाले गर्नु भएको थियो । कार्यक्रममा संगितकार सन्तोष श्रेष्ठ र गायक प्रकाश रेग्मीका मन छुने गितले कार्यक्रमलाई संगितमय वनाएको थियो  ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय