ह्विलचियरका विश्वयात्री तेजबहादुर मुस्ताङमा

२०७२ असार ७, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

Tej Bdrह्विलचियरमार्फत विश्व भ्रमणमा निस्केका ओखलढुङ्गाका तेजबहादुर कार्की भ्रमणका क्रममा मुस्ताङ आउनुभएको छ । विसं २०५७ माघ २३ मा धादिङको जोगिमारामा भएको बस दुर्घटनामा परी दुवै खुट्टा गुमाएका कार्की विश्व शान्तिको कामना गर्दै विश्वयात्रामा निस्कनुभएको हो ।

हालसम्म उहाँले नेपालका ७३ जिल्ला भ्रमण गरिसक्नुभएको छ भने अहिले मनाङ र प्यूठान जिल्ला भ्रमण गर्ने तयारीमा जुट्नुभएको छ । १० वर्षे यात्रामा १० वटा देश भ्रमण गरिसकेको कार्कीले बताउनुभयो ।

  चौध वर्षभित्र २९७ वटा देश घुमेर गिनिज बुकमा नाम लेखाउने उहाँको लक्ष्य छ । यसैकारण आफ्नो यात्रालाई ‘विश्वशान्ति ह्विलचियर पदयात्रा’ नाम दिइएको उहाँको भनाइ छ ।

“विश्व साइकल यात्री पुस्कर शाहको टेलिभिजनमा अन्तवार्ता हेरेपछि मलाई पनि शान्तिको खोजीमा भौँतारिन मन लाग्यो, अनि ओछ्यान छाडी यात्रामा निस्केँ – उहाँले भन्नुभयो । कार्की केही समयअघि जोमसोम हुँदै मुक्तिनाथ दर्शन गरी फर्कनुभएको छ ।

मुक्तिनाथको यात्रा सबैभन्दा विशेष भएको उहाँको भनाइ छ । कार्कीको यात्रामा ओखलढुङ्गाकै मिलन थापा, धर्मपत्नी जिना कार्की, शिव थापा र लालबहादुर घिसिङले साथ दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय