दाइजोको निहुमा श्रीमती घर निकाला गरेको पूर्वमंत्री माथि आरोप

२०७२ असार ६, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

untitledदेशका धेरै जसो स्थानहरुमा दाइजो बिरोधी बिबाह भइरहेका बेला कपिलवस्तु-३ बाट निर्वाचित तमलोपाका सभासद पूर्वकानूनमन्त्री एवं संविधानसभाका वर्तमान सदस्य बृजेशकुमार गुप्तामाथि दाइजो नल्याएको भन्दै श्रीमतीलाई घरबाट निकालेको आरोप लागेको छ । पूर्वमंत्री गुप्ता र संगीताबीच सात वर्षअघि विवाह भएको थियो । बिहीबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर श्रीमती गुप्ताले आफूलाई घर फर्किए हत्या गर्ने धम्की बृजेशले दिएको बताइन् । उनले भनिन्, ‘‘स्कोर्पियो सीआडीई मोडलको सवारी साधन दाइजो माग्दै आफूमाथि हिंसा गर्दै घर निकाला गरिदिए ।’’ ४ महिनादेखि घर जान नपाएको बताउँदै उनले राष्ट्रिय महिला आयोगदेखि विभिन्न स्थानमा धाए पनि न्याय नपाएको गुनासो पोखिन् । उनले घरमा काम गर्ने नोकरबाट आफूमाथि दुर्ब्र्यहार समेत गर्न लगाएको भन्दै तत्काल सम्बन्ध विच्छेद नगरे मार्ने चेतावनी दिएको बताइन । राष्ट्रिय महिला आयोगकी प्रवक्ता मनु हुमागाँईले सभासद गुप्तालाई यस विषयमा छलफल गर्न चारपटक बोलाए पनि बेवास्ता गरेर नआएको जानकारी दिएकी छिन् । उनले भनिन्-‘अरु भएको भए प्रहरीले समातेर ल्याउँथ्यो, शक्तिशाली ब्यक्ति भएकाले नल्याएको होला ।’

तर सभासद गुप्ताले भने सबै आरोप झुटो भएको बताएका छन् । ‘उनि घरमा आएदेखि नै विवाद भयो, अहिले बस्न सक्ने अवस्था नै नभएपछि म आफैंले अदालतमा मुद्दा हालेको छु ।’ सम्वन्ध विच्छेदको मुद्दा अदालतमा पुगिसकेपछि आफूलाई बदनाम गर्न प्रचार गरेको सभासद गुप्ताको दाबी छ । ‘अदालतले जे फैसला गर्छ, म त्यसलाई मान्न तयार छु’ – सभासद गुप्ता भन्छन । महिला आयोगमा अनुपस्थित भएको विषयमा भने सभासद गुप्ताले अहिलेसम्म कुनै पत्र नआएको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय