सलमान खानको फिल्म बजरंगी भाईजानको ट्रेलर जारी, फेरि दवंग शैलि देखियो

२०७२ असार ३, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

 एजेन्सीको सहयोगमा

salluबलिउड सुपरस्टार सलमान खानको वहुप्रतिक्षित फिल्म बजरंगी भाईजानको टेलर सार्वजनिक गरिएको छ । अभिनेता सलमान खानले मुम्वईमा एक कार्यक्रमका दौरान स्वयं बजरंगी भाईजानको टेलर सार्वजनिक गरेका हुन् ।

इदमा रिलीज गर्ने तयारीमा रहेको सलमान भाईको मोस्ट अवेटेट फिल्म ‘बजरंगी भाईजान’को टेलर अत्यन्तै शानदार छ भने सलमानको यो फिल्म यो बर्ष व्लग बस्टर सावित हुने अड्कल काट्न थालिएको छ । फिल्मको टेलरको शुरुवातमा एउटी पाकिस्तानी बालिकालाई देखाइएको छ जुन भारतमा हराएकी हुन्छिन् । ति बालिका जसको नाम मुन्नी हो उनको साथमा पासपोर्ट हुदैन, भिसा हुदैन भने उनी बोल्न पनि नसक्ने हुन्छिन । उनलाई पाकिस्तान पुर्याउनु सलमानको लागि ठूलो चुनौतिको विषय बनेको हुन्छ ।

bajarangi

उक्त ट्रेलरमा सलमान खानलाई ठूलो दिलको व्यक्तिको साथमा बजरंग बलीको भक्तको रुपमा देखाइएको छ, जो कडा चुनौतीलाई पार गरी मुन्नीलाई पाकिस्तानमा उनको आमावावुसम्म पुर्याउने जोखिम उठाउछन् । यो फिल्ममा सामाजिक सरोकारको वहानामा दुई देशविच आइपर्ने तिक्तता र नियमको झमेलामा कसरी कुनै निर्दोषको जिन्दगी तड्पिएको हुन्छ भन्ने कुरालाई अत्यन्तै गहिरो रुपमा प्रस्तुत गरिएको छ ।

अत्यन्तै मनोरम दृष्यहरुको साथ अभिनेतृ करीना कपूरको अभिनय, अत्यन्तै आनन्द र सलमान खानको निडर छवि एक विशेष रुपमा प्रस्तुत गरिएको छ । यो ट्रेलर देखेर प्रस्ट थाहा हुन्छ कि वलिउड स्टार सल्मान भाईको बजरंगी भाइजान उनका पुराना फिल्महरु जस्तै बक्स अफिसमा धमाल मच्चाउने तयारीमा छ । बजरंगी भाइजान आउदो इदमा रिलिज हुनेछ । कविर खानद्वारा निर्देशित उक्त फिल्मको सुटिङ भारत स्वशासित क्षेत्र काश्मिर, मंडावा र दिल्लीमा गरिएको छ । फिल्म एउटा मुसलमान केटा र एउटी व्राम्हण केटीको कहानीमा तयार गरिएको छ भने नायिका करिना कपुर पनि मुख्य भुमिकामा देखिने छिन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय