धर्म निरपेक्ष संविधान बनेकै दिनदेखि आन्दोलनः कांग्रेस नेता खड्का

२०७२ असार ३, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

khum-bahadur-khadkaनेपाली कांग्रेसका नेता खुमबहादुर खड्काले नयाँ संविधानमा धर्म निरपेक्ष लेखेकै दिनबाट आन्दोलन थाल्ने चेतावनी दिएका छन् । सनातन हिन्दू राष्ट्र स्थापना महाअभियानका संयोजक रहेका नेता खड्काले रिपोर्टर्स क्लबले आयोजना गरेको एक कार्यक्रममा बोल्दै धर्म निरपेक्ष कांग्रेसको लागि दुर्भाग्य हुने बताए । उनले भने, ‘‘हिन्दू राष्ट्रको अजेण्डा छोड्नासाथ कांग्रेसको पतन हुने र देश कम्युनिष्टको हातमा पुग्छ ।’’

धर्म निरपेक्षताबारे जनमत संग्रहमा जानुपर्ने बताउदै खड्काले भने, ‘‘सनातन हिन्दू राष्ट्र उल्लेख नगरे त्यस्तो संविधान मान्दैनौ, च्यातेर आन्दोलनमा जान्छौ ।’’ उनले धर्म निरपेक्षताको विषयमा पार्टीमा कतै छलफल नभएको भन्दै अकस्मात धर्म निरपेक्षता भन्ने शब्द आएको बताए । खड्काले नेपाल हिन्दू राष्ट्र नहुन्जेलसम्म अभियान जारी राख्ने भन्दै बहुलबाद संविधानको प्रस्तावनामै लेखिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय