मिस्टर एन्ड मिस एसएलसी सुरु

२०७२ असार ३, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

sls beautyभूकम्पबाट त्रसित र अन्योलमा परेका एसएलसी दिएर बसेका छात्रछात्रालाई सामान्य जीवनतर्फ उन्मुख गर्ने उद्देश्यले रिवन इन्टरटेनमेन्टले प्रतिस्पर्धामा उतार्ने भएको छ । आागामी १७ असारमा मिस एसएलसी अफ दी इयर २०१५ र मिस्टर एसएलसी अफ दी इयर २०१५ मा स्पर्धा गराउन लागेको हो । अहिले उनीहरूको प्रशिक्षण सुरु भएको छ ।

राजधानीको राष्ट्रिय नाचघरमा हुने मिस एसएलसी अफ दी इयर २०१५ का लागि गरी कुल २६ जनाले स्पर्धा गर्दै छन् । जसमा करिना बम्जन, सारा कपाली, डोल्मा तामाङ, जिना श्रेष्ठ, प्रियासा हमाल ठकुरी, मौसमी खत्री, प्रतीक्षा खनाल, सुष्मा सिलवाल, इनु राई, विनी महर्जन, रोजी लामा, दीपा मानन्धर, प्रशंसा दाहाल रहेका छन् ।

यस्तै, सगुन अर्याल, नलिना महर्जन, सविना न्यौपाने, ओजस्वी ढकाल, लक्ष्मी गुरुङ, अनु तामाङ, स्वस्ति वैद्य, पुनम श्रेष्ठ, स्वस्तिका शाक्य, पूजा परियार, प्रवीणा घले, तेन्जिड. डोल्मा तामाङ र दिव्या बर्देवा पनि मिस एसएलसी अफ दी इयरका लागि चयन भएका छन् ।

यस्तै, मिस्टर एसएलसी अफ दी इयर २०१५ का लागि १४ जना चयन भएका छन् । जसमा गगन फुयाल, दीपेन्द्र कार्की, सन्देश न्यौपाने, रिदम रिक रिमाल, सलिन शर्मा, विश्वास बुढाथोकी, सुवास पाण्डे, अधिराज मल्ल, स्वस्तिक आचार्य, करण थापा, रिकी लामा, रोहित खड्गी, विपीन राना मगर र रोचक लामा रहेका छन् । यी प्रतियोगीको प्रशिक्षण सुरु भएको प्रतियोगिता आयोजक संस्थाका अध्यक्ष निशु झाले जानकारी गराएका छन् ।

दुवै प्रतिस्पर्धीले मुख्य उपाधि, फस्ट, सेकेन्ड, थर्ड र फोर्थ रनर अपसँगै अरू एक दर्जनभन्दा बढी विधामा प्रतिस्पर्धा गर्नेछन् । उनका अनुसार छात्र र छात्रा दुवैतर्पmको प्रतियोगिताका प्रमुख उपाधि विजेतालाई १२ कक्षासम्मको अध्ययनका लागि पूर्ण छात्रवृत्तिको व्यवस्था गरिनेछ ।

उपाधि विजेतालाई आईएलटीए, टफेल र विदेशी भाषा प्रशिक्षणका साथै विभिन्न उपहार प्रदान गरिने पनि झाले जानकारी गराए । प्रतियोगीहरूलाई कोरियोग्राफी, ग्रुमिङ, स्विमिङ, व्यक्तित्व विकास, चित्रकला, शृंगार, जुम्बालगायत विभिन्न विधाको प्रशिक्षण दिइने क्रम जारी रहेको पनि उनले बताए । प्रतियोगिताका लागि अश्विनी झाले कोरियोग्राफी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय