नाइटो छोएका तस्बिर चिनियाँ सञ्जालमा भाइरल

२०७२ जेष्ठ ३२, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

Naitoबेइजिङ, ३१ जेठ – के तपाईंले आफ्नो हातलाई पछाडि पारेर कम्मरसमेत नाइटो छुन सक्नुहुन्छ ? किशोर–किशोरीले यस्तो चुनौतीलाई अभ्यास गरेका स्लिम तस्बिहरू अहिले चिनियाँ सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।

चिनियाँ सामाजिक सञ्जाल विबोमा आङ्खनो ‘स्लिम फिगर’ देखाउन पछाडिबाट हातले तपाईंको नाइटो छुनुहोस् लेखेका सन्देश १३ करोडभन्दा बढी पटकसम्म देखिन थालेको छ । यी तस्बिरमा हजारौं शेयर, लाइक र कमेन्ट गरिएको पाइन्छ ।

तस्बिरसहितका यस्ता अभ्यासले विबो प्रयोगकर्तामाझ चासो र चिन्ता पनि बढेको छ । ‘हेर्नुहोस्, अन्तत सफल । चार घन्टाभन्दा बढीको अभ्यासपछि अन्तत मैले पछाडिबाट हात लगेर नाइटो छुन सकें,’ एक प्रयोगकर्ता ग्याले रबिट भन्छन् । अर्का प्रयोगकर्ता प्रश्न गर्छन्, ‘किन होला मेरो नाइटो अकस्मात एकदम नौलो देखिन्न थालेको छ ?’

पछिल्लो प्रवृत्ति अधिकांश महिला विबो प्रयोगकर्ताले प्रभुत्व जमाए पनि एकजना पुरुषले पोस्ट गरेको तस्बिरले माइक्रोब्लगिङ समुदायलाई आँधी ल्याएको छ । ‘यो अभ्यास साँच्चि नै जटिल हो त ? मलाई त यस्तो लाग्दैन,’ प्रयोगकर्ता सोउग सा भन्छन् ।

आङ्खनो नाइटोलाई छुने प्रयत्न गरेको तस्बिरलाई २ हजार ६ सय ३४ पटक लाइक र ८ हजार ४ सय ५२ ओटा सेयर भएको छ । त्यस्तै, २ हजार विबोकर्ताले कमेन्ट गरेका छन् । ‘कसरी अभ्यास गर्न सफल भयौ भन्ने विषयमा दुब्ली केटीहरूलाई अनुभव सुनाऊ,’ एक प्रयोगकर्ता भन्छन् ।

विबो प्रयोगकर्ता मेडिकल क्रिम टाङ चाओ भन्छन्, ‘हो तिमीले ग¥यौ । तसर्थ तौल नघटाउनुहोस् । यही अवस्थामा रहिरहनुहोस्,’ अर्का प्रयोगकर्ताले भनेका छन् । ‘मैले जहिले पनि आफू अभागी हुनुको कारण खोजी हिँडे । तर, अहिले मेरो नाइँटो छुन नसकेकोमा कमजोर सोच्ने छैन,’ अर्का प्रयोकर्ताले भनेका छन् ।

कम्मर युद्ध

‘कसैको लचक पाखुरा हुन आवश्यक छ त ? कि यसलाई सजिलै छुन बारुली कम्मरको आवश्यक छ ?’ विबो प्रयोगकर्ता च्यान्टिली ६२३ सोध्छन् ।

Naito

चीनको नयाँ नाइटो छुने प्रवृत्तिले जथाभावी खाने प्रवृत्तिलाई उजागर गरेको विज्ञहरूले बताएका छन् । पछिल्लो अभ्यासले खलबलिएको समाजको स्वास्थ्यसम्बन्धी मापदण्डलाई समेत प्रतिबिम्ब गरेको उनीहरूको गुनासो छ ।

‘अनौठो पोज र तस्बिर कहिलेकाहीँ रमाइलो देखिन सक्छ तर यसले कहिलेकाही प्रतिष्प्रर्धा वा असुरक्षाको अभिव्यक्तिसमेत बन्न सक्छ,’ एक गैरसरकारी संगठनका कार्यक्रम तथा सञ्चार प्रबन्धक जोलेनी टान भन्छिन् । ‘महिलाको शरीरमा विविधताको स्वीकृतिको प्रवद्र्धनका लागि हामीले धेरै गर्नु छ,’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय