भूकम्पमा आफ्नी प्रेमिका गुमाएका गायक विश्व शान्त राईको अल्बिदा

२०७२ जेष्ठ ३०, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

ए1न्यूज नेपाल

वगेपदसुमधुर स्वरका धनि गायक तथा संगीतकार विश्व शान्त राई पछिल्ला समयमा निकै चर्चामा रहेका गायकमा पर्दछन । पछिल्ला पुस्ताले उनका गीतहरु लाइ अत्यधिक रुचाउदै आइरहेका छन् । परदेशमा रहेर पनि घरदेशलाई सम्झिरहने गायक विश्व शान्त राइले भर्खरै मात्र गएको यो भूकम्पको महाविपत्तिमा परि गुमाएको आफ्नी प्रेमिकाको सम्झनामा अल्बिदा नामक एल्बमको गीतलाई बजारमा ल्याएका छन् । उनले आफ्नी गुमाएकी प्रेमिकाको पीडालाई संगीत भरेर यो गित मार्फत मुटु छुने प्रस्तुति बजारमा ल्याएका हुन् । तर उनले बास्तविक जीवनमा प्रेमिका गुमाएको नभई उनले तयार गरेको गीत र त्यसलाई जीवन दिने अभिप्रायले तयार गरिएको म्यूजिक भिडियोको कथावस्तुमा प्रमिका गुमाएको हो । परदेशमै रहेर देशका लागि केहि गर्नुपर्छ भन्ने शुद्ध मन बोकेर नेपाल फर्केका उर्जाशील, गायक तथा विभिन्न क्षेत्रमा सीप बोकेका  युवा ओम प्रसार्इँले भिडियो तथा सम्पादन समेत गरेका छन् ।  सोनी खड्का  गायक राई कै अभिनय रहेको उक्त गीत लाई म्युजिक हाइलाइटले बजारमा ल्याएको हो ।

यो बाहेक पनि गायक विश्व शान्त राइका थुप्रै  गितहरु बजारमा आइसकेका छन् भने केहि समय अघि  पनि परदेशीको पिडालाइ गित मार्फत प्रस्तुत गर्न रुचाउने यी गायकको आफ्नै स्वर तथा उनको आफ्नै संगित अनि  गीतकार आशा मगरको शव्द रचनामा सजिएको ‘पागल प्रेमी’ नामक एल्वम लामो समयदेखि प्रवासी भुमी इजरायलमा रहेर पनि निरन्तर नेपाली गीत संगितहरुमा श्रव्यदृष्य भर्दै आइरहेका निर्देशक विपिन तामाङको आफ्नै छायांकन तथा सम्पादन गरिएको थियो । उक्त म्यूजिक भिडियो सुपा देउराली म्युजिक प्रा.लिले बजारमा ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय