वनको चितुवा मार्न विष हालियो, दुई जनालाई वनको तारेख

२०७२ जेष्ठ २४, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

ए1न्यूज नेपाल, देवचन्द्र भट्ट
विदुर, नुवाकोट, जेठ २२ गते –
Chituwa At Bisadi Nkt (1)नुवाकोटको सदरमुकाम विदुर नजिकै चितुवा मार्नका लागी मासुमा विषादी हालेर दिइएको रहस्य खुलेको छ । विदुर नगरपालिका वडा नं. १ सिमुटारमा शुक्रवार विहान खेतमा चितुवा वेहोस अवस्थामा देखेपछि स्थानीयवासीले प्रहरी, वन तथा पशु सेवा कार्यालयलाई खवर गरे ।
एक जनाको खेतमा मुखमा फिंज काढेर वेहोस भई लडेको चितुवा उपचारको लागी ढुंगेस्थित पशु सेवा कार्यालयमा उपचारको लागी लगिएपछि विषादी खाएको पाइएको कार्याल प्रमुख खगेन्द्रराज भट्टले जानकारी दिए । आठ वर्ष उमेरको भाले पाटे चितुवालाई विषादी नियन्त्रण गर्ने जिट र एप्रोक्सिन लगाएपछि होस खुलेको उनले वताए ।
स्थानीयस्तरमा सो चितुवाको उपचार सम्भव नभएपछि थप उपचारको लागी ललितपुरको केन्द्रीय चिडियाखाना लगिएको छ । स्थानीयवासी सो चितुवालाई मार्ने उद्धेश्यले वंगुरफार्म सञ्चालकले वंगुरको मासुमा विषादी हालेर  खान दिएका कारण चितुवा गम्भीर घायते भएको दावी गर्दै छानविन गर्न वन, पशु तथा प्रहरी कार्यालयलाई दवाव दिएपछि छानविन सुरु गरिएको जिल्ला वन अधिकृत भरतवावु श्रेष्ठले जानकारी लिए ।
उनले अनुसन्धानको क्रममा वंगुर फार्म सञ्चालक गोकर्ण थपलियका छोरा रमेश थपलिया र कर्मचारी मानवहादुर थिहलाई  अनुन्धानको लागी कार्यालयमा ल्याइएको  र दुवै जनालाई अनुसन्धान नसकिएसम्मका लागी तारेखमै राखिने श्रेष्ठले वताए  । दुवै जनालाई आइतवार विहान १० वजेको तारेख दिइएको उनले वताए ।
स्थानीयवासकिा अनुसार दुई दिन अगाडि चितुवाले थपलियाको वंगुर फार्ममा रहेका दुई वटा वंगुर मारेको रिसमा सोहि वंगुरको मासुमा विहीवार राती विषादी राखेर खुवाएको कारण चितुवाले सो मासुसहितको विषादी खाएपछि गम्भीर घाइते भएको वताउछन् । दोषीलाई वनयजन्तु संरक्षण ऐन अन्तरगत कारवाही गरिनु पर्ने स्थानीय इन्द्रायणी थपलिया कुलदेवता सामुदायिक वन उपभोक्ता समितिले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय