पुरिने र चेपिनेको जीवितै उद्धार गर्नेलाई पचास हजार

२०७२ बैशाख १७, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

uuiविश्व नेपाली साहित्य महासंघले महाभूकम्पमा पुरिएका र चेपिएकाहरुको तत्कालै विवेकपूर्ण र बहादुरीपूर्वक उद्धार गर्नेलाई प्रतिव्यक्ति रु ५० हजार दिने भएको छ ।

उद्धारमा प्रभावकारी काम हुन सकोस् भन्ने उद्देश्यले उक्त घोषणा गरिएको जनाइएको छ । पुरिएका र चेपिएकाहरु २१ दिनपछिसम्म पनि जीवितै भेटिएको घटना भएको कारण जीवितै भेट्ने आसका साथ जोडतोडले उद्धारमा लाग्न महासङ्घ बैठकले बुधबार अनुरोध गरेको छ ।

उद्धारमा संलग्न सर्वसाधारण, सेना, प्रहरी जो कसैलाई उनीहरुको कार्यको मूल्याङ्कन गरी नगदसहितको पुरस्कार १० जनालाई दिने लक्ष्य राखिएको महासङ्घका अध्यक्ष विश्वासदीप तिगेलाले बताए । रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय