एनआरएनए अफ्रिकाले भुकम्प पिडितलाई १५ लाख सहयोग जुटायो

२०७२ बैशाख १४, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
बैशाख १४ ,वाशिंगटन डिसी
ए1न्यूज नेपाल विजय थापा 
 
nrnएनआरएनएका अफ्रिका स्थित शाखाहरुले नेपालका भुकम्प पिडित स्वजनहरुका लागि आपतकालीन सहयोग संकलन शुरु गरेका छन् ।
उक्त जानकारी एनआरएनए अफ्रीकाका क्षेत्रिय संयोजक हिक्मत थापाका अनुसार आजसम्म एनआरएनए नाइजेरिया ले  ६ लाख ,एनआरएनए केन्याले ५ लाख , एनआरएनए तान्जानिया ले ४ लाख रुपैया सहयोग संकलन गरि सकेका छन् ।
 
यसका साथै जाम्बिया , युगान्डा र अन्य शाखा हरुले पनि सहयोग संकलन प्रारम्भ गरेको समाचार प्राप्त भएको छ ।
अछाम घर भएका  एनआरएनए अफ्रीका क्षेत्रिय संयोजक हिक्मत थापा ०४५ सालमा धरानमा गएको भुकम्पमा ज्यान जोगाउन सफल भएका थिए भने उनि त्यस समय धरान हात्तिसार स्थितमा खाध्य प्रविधिमा अध्ययनरत थिए l

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय