भुकम्पले यसरी हल्लायो नेपाली भुमी, हालसम्म १४५७ को मृत्यु, मृतकको संख्या अझैं बढ्न सक्ने अनुमान (भुकम्प जाँदाको भिडियो सहित)

२०७२ बैशाख १२, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

ए1न्यूज नेपाल सहकर्मी मदनकृष्ण शिलवाल

विसं २०९० यताकै ठूलो मापन गरिएको शक्तिशाली महाभुकम्पको असर मुलुकभरी व्यापक रुपमा परेको देखिएको छ । प्रविधिको अभावमा भूकम्पबाट भएको  जनधनको क्षतिको सम्पूर्ण विवरण आउन लामो समय लाग्ने देखिएको  छ ।

भुकम्पको धक्का पटक पटक महसुस गरिएको छ । पहिल भुकम्प करिव १२ बजे गोरखाको बारपाकमा केन्द्रविन्दु बनाएर गएको थियो  । उक्त भुकम्पको म्याग्नेच्युड  ७.८ रेक्टर स्केल मापन गरिएको थियो भने दोस्रो चिन स्वशासित क्षेत्र तिब्बतलाई केन्द्रविन्दु बनाएर गएको भुकम्पको म्याग्नेच्युड ५.५ रेक्टर स्केल मापन गरिएको छ । त्यस्तै गोरखामै केन्द्र विन्दु वनाएर गएको तेस्रो झड्काको म्याग्नेच्युड ६.६ रेक्टर स्केल मापन गरिएको छ भने  रसुवालाई केन्द्र बनाएर गएको चौथो झड्काको म्याग्नेच्युड ५.७ रेक्टर स्केलको मापन गरिएको  छ ।

bhukampa

भूकम्पबाट काठमाडौ‌ र पाटन क्षेत्रका पुराना घरहरु भत्किएका छन् । सुन्धरास्थित भिमसेन स्तम्भ धरहरा पुर्ण रुपले क्षतीग्रस्त भएको छ भने त्यसबाट  करिब १५० जना मानिसहरु पुरिएको अनुमान गरिएको छ ।

त्यस्तै बसन्तपुर दरबार स्क्वायर, काष्ठमण्डप लगायतका पुराना मठ मन्दिर  भत्किएका छन् । यससँगै पुराना ऐतिहासिक महत्वका पुरातात्विक सम्पदाका मठमन्दिर तथा भवनहरु लगभग पुर्ण रुपमा क्षेति भएको हाम्रा समाचार दाताहरुले जनाएका छन् ।

काठमाडौ‌ र पाटनका विभिन्न स्थानमा स्थलगत रुपमा पुग्दा मानीसहरु घर छाडेर खुल्ला स्थानमा बसीरहेकाछन् । खुल्लामञ्च, टुडीखेल लगायता खुल्ला स्थानहरु मानीसले भरिएका छन् । धरहरा क्षेत्रमा रमितेहरुको भीड बढदा उद्धारमा कठिनाई भईरहेको छ । कमलपोखरी नजिकैको पुरानो घर भत्कदा पुरिएकाका २ जनाको शव निकालिएको छ भने उद्धार जारी छ ।
सबैजसो अस्पतालहरुका बिरामी संभावित आउनसक्ने भुकम्पलाई ध्यानमा राखेर सडक र खुल्ला ठाउँमा सारिएका छन् । चावहिल आसपासका अस्पतालहरुका बिरामीलाई सडकमै उपचारि गरिरहेको छ।

अहिलेपनि स-सानो भूकम्पको धक्का महसुस भइरहेको त्यहाँस्थि हाम्रो सगकर्मीहरुले जानकारी गराएका छन् । खानी तथा भूगर्भ विभाग भुकम्प मापन केन्द्रका प्रमुख लोक विजय अधिकारीले दिएको अहिले पनि सा-साना भूकम्प जाने क्रम जारी रहेकाले  सतर्क भएर बस्न सबैलाई सुझाएका छन् ।

त्यस्तै कार्यवाहक प्रधानमन्त्री बामदेव गौतमले यो विपतको घडीमा धैर्य गर्न र उद्दारका हरसम्भव उपाय अपनाउन अपिल गरेका छन् भने एमाले अध्यक्ष केपी ओलीले संकटको यो अकल्पनीय घडीमा पार्टीका सबै कार्यकर्तालाई आ आफ्नो गाउँ ठाउँमा उद्धार तथा राहतको कार्यमा जुट्न र पार्टीका सबै कार्यक्रम स्थगित गर्न निर्देशन दिएका छन् ।

हालसम्म उपत्यकामा मात्रै ५०० भन्दा बढिको मृत्यु भइसकेको उपत्यका प्रहरीले पुष्टि गरिसकेको छ । प्रहरीका अनुसार काठमाडौंमा २५०, भक्तपुरमा १५० र ललितपुरमा १ सय बढीको मृत्यु भएको छ । मृतकको संख्या अझैं बढ्न सक्ने अनुमान गरिएको छ ।

यसैगरी,भूकम्पमा परी काभ्रेमा ५४, धादिङमा ३५, मकवानपुरमा ९, ओखलढुंगामा १०, रामेछापमा ५, भोजपुरमा २, नुवाकोटमा ६, गोर्खामा १२ जनाको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ ।

यसैविच संकटकालिन अवस्थालाई मध्यनजर गर्दै  मन्त्रिपरिषदको आपतकालिन बैठक बस्ने तयारी भइरहेको छ । बैठकले मुलुकमा संकटकाल घोषणा गरेर अन्तर्राष्ट्रिय समुदाय गुहार्ने अपेक्षा गरिएको छ ।

यसरी हल्लायो नेपाली भुमी :

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय