काठमाडौँ मा शक्तिशाली भुकम्प, ठुलो क्षति भएको आशंका (फोटो फिचर सहित)

२०७२ बैशाख १२, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

p1011991शनिवार मध्यान्ह काठमाण्डौ उपत्यका लगायत  अधिराज्य भरी नै  शक्तिशाली भुकम्प को धक्का महसुस गरिएको छ । झन्डै आधा घण्टा सम्म पटक पटक गएको भुकम्पले ठुलै क्षति भएको अनुमान गरिएको छ । गोरखाको बारपाकमा केन्द्र विन्दु भएर गएको भुकम्प ७.८ रेक्टर स्केल  मापन गरिएको  छ ।

राजधानीमा भुक्म्पबाट धरहरामा ठूलो क्षति पुगेको अपुष्ट जानकारी आएको छ भने पाटन क्षेत्रका घरहरु भत्किएका छन् त्यस्तै सडकहरु पनि फाटेर धजाधजा परेको पनि जानकारीमा आएको छ । त्यस्तै ॉ दोलखाको चरिकोट लगायतका ठाउँहरुमा पनि भुकम्पको शक्तिशाली धक्का महसुस गरिएको छ । धक्काबाट ठूलो क्षति भएको समाचारहरु सामाजिक सञ्जालहरुमा पोस्ट गरिएका छन् । यद्यपी अझै पनि भुकम्प जानसक्ने त्रासका कारण बाहिरतिर निस्किन नसक्दा कतैबाट पनि धनजनको क्षतिको .पुष्टि सहित एकिन विवरण प्राप्त भइसकेका छैनन् ।

त्यसैगरी पाँचथरमा पनि भूकम्पको धक्का महशुस भएको र केही घरहरु भत्केको थाहा हुन आएको छ ।

यस विषयमा हामी जानकारी अफडेट गराउदै जानेछौं ।

ewww

7

9

8

2

5

3

14

ktm2 road crack

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय