इजरायलमा चर्चित लोक गायिका ज्योति मगर साँझको तयारी तिब्र

२०७२ बैशाख ११, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

एनआई न्यूज इजरायल,

Able groupइजरायलमा रहेका सकृय युवाहरूको समुह दि एवल ग्रुपको आयोजनामा नेपाली सांगितिक आकाशकी नवोदित गायिका ज्योती मगरको धमाकेदार प्रस्तुतीको साथमा  इजरायलमा आयोजना हुन लागेको “ज्योती मगर सांगेतिक साँझ” को तयारी तिब्र रुपमा अगाडि वढेको आयोजकले जनाएका छन् ।

इजरायलको तेलअभिवमा रहेको सेन्ट्रल बस स्टेसन (तखाना मर्काजिक)को तेस्रो तल्लामा रहेको पुरानो एभरेस्ट क्लवमा आयोजना गरिने ज्योती मगर साँझमा चर्चित लोक गायिका ज्योति मगरको सांगितिक धमाकाको अलावा इजरायालमा रहेका स्थानीय कलाकारहरु गायिका सुनिता पाख्रिन, गायिका पेमु शेर्पा गुरुङ, गायक रेशम क्षेत्री, गायिका सिता घिसिङ, नृत्यांगना युनिका गुरुङ, गायक तथा संगितकार रियाज शिवाकोटी, गायिका पेमा पाख्रिन, नृत्यांगना एलेट्रा क्षेत्री, गायक रोजिन हिरो, गायक तथा हाँस्य कलाकार रामचन्द्र तामाङ, नृत्यांगना स्वस्तिका श्रेष्ठको  पनि बेजोड प्रस्तुती रहने जनाईएको छ ।

सामाजिक भावनाबाट ओतप्रोत युवाहरुको समुह दि एवल ग्रुपले परोपकारकारी कार्यकालागि आयोजना गरिएको उक्त सांगितिक साँझवाट संकलित रकम खर्च कटाएर ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा भएको आगलागिवाट विस्तापित  ९० परिवारलाई सहयोग गरिने आयोजकले जनाएका छन् ।

‘सेवा नै धर्म हो’ भन्ने उदेश्यले गर्न लागिएको यस सांगेतिक कार्यक्रमबाट उठेको रकम आगलागीबाट घरवार विहिन भएकाहरुलाई सहयोग गरिने हुँदा कार्यक्रममा उपस्थित भइ यस परोपकारी कार्यमा जुट्न वासी नेपाली दाजुभाई तथा दिदिवहिनीहरूलाई कार्यक्रममा उपस्थितीको लागि हार्दिक आमन्त्रण गरिएको छ ।
लोक भाकामा आधारित जिम्मल बाउकी छोरी , उही मुलाको सिन्की उही मुलाको चना लगायत दर्जनौ चर्चित गीतहरू गाएर चर्चाको शिखरमा पुगेकी गायिका ज्योती मगर पछिल्लो समयमा  ग्ल्यामरस ड्रेसअपबाट पनि चर्चामा आउने गरेकी छिन् । यसैका कारण पनि  अत्याधिक मिडियाहरुमा छाउदै आइरहेकी गायिका मगर जापान, डेनमार्क, वेलायत, दुवई, कतार, मलेशिया लगायत आधा दर्जन भन्दा वढि मुलुकहरुमा सांगितिक कन्सर्टमा भाग लिइसकेकी छिन् भने हाल अस्ट्रेलियाको पर्थमा सांगितिक धमाका मच्चाइरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय