१० औं लोकतन्त्र दिवस आज, देशभर विभिन्न कार्यक्रम गरी मनाईंदै

२०७२ बैशाख ११, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

Democracy Dayआज बैशाख ११ गते अर्थात् १० औं लोकतन्त्र दिवस । देशभर विभिन्न कार्यक्रम गरी मनाईंदै छ ।
नौ बर्षअघि जन आन्दोलनबाट राजाको प्रत्यक्ष शासन व्यवस्थाको अन्त्य गरी मुलुकमा लोकतन्त्र बहाली भएको दिनको सम्झनामा लोकतन्त्र दिवस मनाउने गरिन्छ ।

यसै अवसरमा आज विभिन्न राजनीतिक दल तथा संघसंस्थाले कार्यक्रम आयोजना गर्दैछन् । देशमा लोकतन्त्र स्थापनाको ९ वर्ष पुरा भपनि यसबिचमा जनताका अपेक्षा केहि पनि पुरा भएको छैन । लोकतन्त्र स्थापनका लागि हजारौं जनतामा सडकमा उर्लिएका थिए । तर अहिलेसम्म जनताको भावना राजनीतिक दलहरुले बुझ्न सकेका छैनन् । नेपालमा लोकतन्त्र स्थापना भएको दशौं वर्ष पुगेपनि यसबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न नसक्दा आन्दोलनमा होमिएका सम्पूर्ण नेपाली निराश भएका छन ।  यसैबीच लोकतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति डाक्टर रामवरण यादवले लोकतान्त्रिक व्यवस्थालाई सुदृढीकरण गरी जनआकांक्षा अनुरुपको शासन व्यवस्था स्थापित गर्नु अपरिहार्य रहेको उल्लेख गर्नुभएको छ । उहाँले यसपटकको लोकतन्त्र दिवस सबै नेपालीका लागि शान्ति, सद्भाव र एकताको मिलनबिन्दू हुन सकोस् भन्ने कामना गर्नुभएको छ ।

लोकतन्त्र दिवसका अवसरमा विभिन्न दलका प्रमुखहरुले शुभकामना दिँदै समयमै लोकतान्त्रिक संविधान निर्माण गर्न सकेमात्र २०६२/६३ को जनआन्दोलनले सार्थकता पाउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय