नमस्ते नेपाल एफएम र टेलिभिजन संचालन गर्ने योजनाहरु पारित गर्दै नमस्ते नेपाल हातोमालो सामाजिक संस्थाको दोस्रो साधारण भेला सम्पन्न

२०७१ पुष २८, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 4 मिनेट

   एनआइ न्यूज इजरायल

nam1“मनोरंकन परोपकार र लगानीको क्षेत्र पाहिचान नमस्ते नेपाल हातेमालो सामाजिक सस्थाको अभियान” भन्ने मूल नाराका साथ् विश्वका विभिन्न मुलुकमा छरिएर रहेका प्रवासी नेपालीको पहलमा स्थापित नमस्ते नेपाल हातोमालो सामाजिक संस्थाको दोस्रो साधारण भेला तथा नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको दोस्रो साधारण-सभा भव्यताका साथ् सम्पन्न भएको छ l

नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाका १०६ सदस्यहरु विचको यो भेला  सप्ताहब्यापी अनलाइन (स्काईप कन्फेरेन्स कल) मार्फत सन् २०१५ जनवरी ४  देखि  जनवरी १० सम्म चलेको थियो l

साधारण भेलाको जनवरी ४ तारिक संस्थाका सस्थापक अध्यक्ष रामशरण बानियाको सभापतित्वमा सम्पन्न उक्त साधारण सभाको संस्थाका ज्येष्ठ सदस्य (संस्थापक सदस्य) ओम गुरुङले औपचारिक रुपमा उद्घाटन गर्नु भएको थियो ।

nam2रेडियो नमस्ते नेपाल बाट प्रत्यक्ष लाइभ प्रसारण समेत गरिएको उक्त उद्घाटन समारोहमा आमन्त्रित अतिथिहरु रेडियो हिमालयका कार्यकारी निर्देशक बुद्दी बिश्वकर्मा, उज्ज्वल भबिष्य प्रा.लि बाट कृष्ण रायमाझी, रेडियो हिमशिखर बाट हरि मानन्धर , नबिन प्रतिभा सांझका संचालक गणेश गौतम,,चर्चित लोक गायकहरु दिपसागर थापा, बिरु लामा, बीबी मल्ल ठकुरी, गोरखा एकता समाज इजरायलकी सचिब कविता बगाले, युवा समाजसेवी इश्वर काफ्ले लगायतका अतिथिहरुले साधारण सभा सफलताको कामना गर्दै शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो l

औपचारिक र अनौपचारिक दुइ चरणमा सम्पन्न उक्त कार्यक्रममा संस्थाकी द्वितिय उपाध्यक्ष राजकुमारी श्रेष्ठले स्वागत मन्तब्य, सरु खनालले स्वागत गीत राख्नु भएको थियो भने संस्थाका प्रथम उपाध्यक्ष हिमलाल शर्मा, सदस्यहरु बाबुराम सिग्देल, जमुना सापकोटा, इन्दिरा के सी, अमर खड्का लगायतले संस्थाको गतिबिधि बारे प्रस्ट पार्दै शुभेक्षा मन्तब्य राख्नु भएको थियो l यस बार्षिक साधारण साभाको अवसरमा सस्थाको हरेक गतिविधिमा सक्रिय भूमिका निर्बाह गरि महत्वपुर्ण योगदान दिनुहुने ५ जना सदस्यहरु बन्दना सेढाई,जमुना सापकोटा,निर्मला दंगाल,सरु कोइराला, निर्मला थापा लाइ सस्थाको तर्फ बाट सम्मान-पत्र प्रदान गरिएको थियो भने नमस्ते नेपाल परोपकार अक्षयकोषमा रु पच्चीस हजार जम्मा गरि यस साधारण भेला बाट सस्थाको सदस्यता लिनुहुने २६ सदस्यहरुको नामावली पढेर सुनाइएको थियो l

nam4साधारण भेलाको दोस्रो दिन ५ तारिक प्रस्तूत सांगठानिक, आर्थिक ,बार्षिक प्रतिबेदनमाथि छलफल गरी अल्पकालीन र दिर्घकालिन योजना र कार्यक्रमहरु तय गरी महत्वपूर्ण निर्णयहरु गरिएका  छन् l संस्थाले लिएको भावी योजनाहरुमा सन् २०१५ को अन्त्यसम्ममा संस्थाको कार्यालयको लागि आफ्नै भवन निर्माणको लागि जग्गा खरिद गर्ने, सन् २०१६ को अन्त्यसम्ममा भवन निर्माण कार्य शुरु गर्ने, सन् २०१७ को अन्त्य सम्ममा भवन निर्माण कार्य सम्पन्न गर्ने, सन् २०१८ को अन्त्यसम्ममा संस्थाको पहलमा अनलाइन रेडियो नमस्ते नेपाल लाइ एफ.एम रेडियोको रुपमा संचालन गर्ने , सन् २०२२ सम्ममा नमस्ते नेपाल टेलिभिजन संचालनमा ल्याउने सम्मका योजना हरु पारित भएको छ l दोस्रो साधारण भेला बाट २ वर्षीय कार्यकालको लागि रामशरण बानियाको अध्यक्ष्यतामा २३ सदस्सीय कार्यसिमिति र ८ सदस्सिय बैकल्पिक सदस्य सर्बसहमति बाट निर्बाचित भएको छ l नवगठित कार्यसमितिको नामावली १. अध्यक्ष्य –रामशरण बानिया,इजरायल २. प्रथम उपाध्यक्ष्य- हिमलाल शर्मा , कतार ३.दितीय उपाध्यक्ष्य – राजकुमारी श्रेष्ठ , इजरायल ४.महासचिब – दिपक बजगाई ,दुबई ५.सचिव – रामजी शर्मा, साउदी अरब ६.कोषाध्यक्ष – विश्वराम दुलाल, turks & caicus island र सदस्यहरुमा ७. बाबुराम सिग्देल, दुबई ८. निशान उप्रेती ,कतार ९. रमेश दर्नाल . कतार १०. अनिल बनिया ,कतार ११.अमर खड्का, साउदी अरब १२.सरु खनाल , इजरायल १३.जमुना सापकोटा, इजरायल १४.बन्दना सेढाई , इजरायल १५.राज्यावती त्रिपाठी , इजरायल १६. सबिता अधिकारि ,इजरायल १७ इन्दिरा के सी १८. भीमा कार्की १९..माया खनाल,इजरायल २०. डकम सिटौला,इजरायल २१..सरु श्रेष्ठ ,इजरायल २२. रेखा बगाले,इजरायल २३. लक्ष्मी अधिकारी, इजरायल रहनुभएको छ भने बैकल्पिक सदस्यहरुमा १ सृजना थापा इजरायल २,नवराज दाहाल,मलेसिया ३, गणेश जि सी, नेपाल ४, सरु कोईराला ,इजरायल ५. गंगा अर्याल, इजरायल ६, नेपालीबाबु गंगा दुलाल,अमेरिका ७. शर्मिला क्षेत्री ,अस्ट्रेलिया ८, राजेश शर्मा बिरही ,मलेसिया रहनुभएको छ l साधारण भेलाको बन्द सत्र बाट कार्यसमिति निर्बाचन प्रक्रियाको लागि ओम गुरुङ को संयोजकत्व, अच्युतमान श्रेष्ठ र रामजी शर्मा सदस्य सहितको ३ सदस्सीय अध्यक्ष्य मण्डल गठन गरिएको थियो l

nam3दोस्रो साधारण भेलाको समापन को दिन जनवरी १० तारिक अतिथि कलाकार लोकदोहोरी गायक खुमन अधिकारी र लोकदोहोरी गायिका सकुन्तला थापाको उपस्थिति रहेको थियो l समापन समारोहलाई सम्बोधन गर्दै संस्थाका नवनिर्वाचित अध्यक्ष रामशरण बानियाले साधारण भेलाले गरेको निर्णय र नया कार्यसमितिको नामावली पढेर सुनाउनु भएको थियो । त्यस्तै १० तारिक बसेको कार्यसमितिको प्रथम बैठकले बनाएको बार्षिक कार्यक्रम तालिका प्रस्तुत गर्नुभएको थियो  l बार्षिक कार्यक्रम तालिका अन्तर्गत फ्रेबुअरी १३ तारिक इजरायलमा रहने सदस्यहरुबीच एक भेला गरी शाखा कमिटी निर्माण गर्ने, मार्च भित्र कतारमा र यस वर्षको अन्त्यसम्ममा दुबई ,साउदी लगायतका मुलुक हरुमा शाखा कमिटी गठन गर्ने , अप्रिल १७ तारिक नेपाली नयाँ वर्षको अवसरमा इजरायलमा भ्रमण साथै शुभकामना आदानप्रदान कार्यक्रम गर्ने, जुन दोस्रो हप्ता इजरायलमा सदभावना भ्रमण कार्यक्रम राख्ने, अगस्तमा इजरायलमा तिज बिशेष कार्यक्रम गर्ने, दशैको अवसरमा इजरायल-इलात सद्भावना भ्रमण को आयोजना गर्ने, नोभेम्बरमा तिहार बिशेष कार्यक्रम गर्ने, अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा भ्रमण सँगै शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गर्ने लगायत विभिन्न कार्यक्रम रहेको छ l त्यस्तै रेडियो नमस्ते नेपालमा छिट्टै विभिन्न नयाँ कार्यक्रमहरु थप गर्दै लैजाने योजना रहेको छ l अनलाइन मार्फत भएको उक्त दोस्रो साधारण सभा र प्रतक्ष प्रसारण को लागि अपरेटिंग बन्दना सेढाई ,सरु खनाल र सरु कोइरालाले गर्नुभएको थियो भने साधारण सभाको औपचारिक कार्यक्रमको दिपक बजगाई र सानु खतिवडा ले संचालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय