एनआरएऩ अध्यक्ष दम्पतीद्वारा रु एक अर्बको परोपकारी कोषको स्थापना

२०७१ पुष २५, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

Sesh Ghaleकाठमाडौँ, २५ पुस २०७१ । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष शेष घलेले रु एक अर्बको परोपकारी कोष स्थापना गर्नुभएको छ ।

नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्ने गरी अध्यक्ष घले र उहाँकी श्रीमती जमुनाद्वारा अस्ट्रेलियामा स्थापित एमआइटी ग्रुप फाउन्डेसनले उक्त कोष स्थापना गरेको हो । फाउन्डेसनले सो कोषमार्फत नेपालका दुर्गम गाउँका विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नाका साथै स्रोतसाधनको अभाव भएका विद्यालयमा पुस्तकालय स्थापना, शिक्षण सामग्री र तालिमका लागि सहयोग गर्नेछ ।

  काठमाण्डौमा हिजो आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष घलेले शिक्षा र स्वास्थ्य क्षेत्रमा विद्यमान पद्धतिको विकास गर्न र खासगरी छात्रवृत्तिमा लगानी गर्ने योजना रहेको बताउनुभयो । “नेपालमा अहिले पनि सर्वसाधारणको पहुँचमा आधारभूत स्वास्थ्य सुविधासम्म पुग्न सकेको छैन, समयमै उपचार नपाउँदा हामीले आफ्नै परिवारका सदस्य अकालमा गुमाउनुपरेको पीडा मैले अनुभूति गरेको छु, भोलिको नेपाली पुस्ताले आफूले जस्तै पीडा भोग्नु नपरोस् र निकै कम पैसामा पाइने औषधि र उपचारको अभावमा ज्यानै जाने अवस्था नआओस् भन्ने हाम्रो चाहना छ” फाउन्डेसनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय