अब हिन्दु धर्मको रक्षार्थ हरेक हिन्दु महिले कम्तीमा ४ वटा वच्चा पैदा गर्नु पर्छ – साक्षी महाराज

२०७१ पुष २३, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

Sachhi Maharajभारतिय जनता पार्टीका सांसद साक्षी महाराजले हिन्दु महिलाले आफ्नो धर्मको रक्षार्थ कम्तीमा ४ वटा वच्चा जन्माउनु पर्ने बताएका छन् ।

सांसद साक्षी महाराजको भनाईप्रति प्रतिक्रिया दिदै भारतिय राजनितिक विश्लेषकहरुले उनको भनाईले मुसलमानसँग मुठभेड वढाउन सहयोग पुग्ने धारणा व्यक्त गरेका छन् ।

भारतिय काँग्रर्स प्रवक्ता सञ्जय झाले सांसद साक्षी महाराजको उक्त भनाईलाई ‘हांस्यास्पद तथा भड्काउ’को संज्ञा दिएका छन् ।

गएको महिना साक्षी महाराजले महात्मा गान्धीका हत्यारा देशभक्त भएको अभिव्यक्ती दिएका थिए ।

‘सिमा नाघिसक्यो’

Indian Women Deliveryबताइएको छ की साक्षी महाराजले मुसलमानको सन्दर्भमा भने “चार वटी श्रीमती र ४० वटा वच्चाका चलन अव भारतमा चल्ने वाला छैन”

“अब हिन्दु धर्मको रक्षार्थ हरेक हिन्दु महिले कम्तीमा ४ वटा वच्चा पैदा गर्नुपर्ने समय आइसकेको छ”

भारतको राजधानी दिल्लीका संचारकर्मीका अनुसार हिन्दु कट्टरपन्थीहरुले मुसलमान महिलाहरुलाई प्राय गरेर
‘बच्चा पैदा गर्ने मेशिन’ भन्ने गर्दछन् । हिन्दुहरुको जनसंख्या भन्दा माथि जान उनीहरुले धेरै बच्चा पैदा गर्ने गर्दछन् ।

भारतको जनसंख्याको ८० प्रतिशतको संख्यामा हिन्दु रहेका छन् भने १४ प्रतिशतको संख्यामा मुसलमान रहेका छन् । संचारकर्मीका अनुसार हिन्दु राष्ट्रवादी अल्पसंख्यकहरुलाई वहुसंख्यक वन्ने खतरालाई वास्तविक वताउने गर्दछन् ।

भारतिय काँग्रेस प्रवक्ता सञ्जय झाले ट्विटरमा लेखेका छन् “साक्षी महाराजको हिन्दु महिलाहरुले अब ४ वच्चा जन्माउनु पर्ने हाँस्यास्पद तथा भड्किलो अभिव्यक्तीमाथि एउटै कुरा भन्न सकिन्छ, ‘यसले सिमा नाघिसक्यो’”

त्यस्तै एउटी अर्की काँगआस नेतृ प्रिंयका चतुर्वेदीले दिक्क मान्दै लेखिन “के महिलाहरु मात्र वच्चा जन्माउनकोलागि हो ?”

साक्षी महाराज पछिल्लो पटक भएको आम चुमानमा भारतको उत्तर प्रदेशबाट सांसद निर्वाचित भएका हुन् । पछिल्ला दिनहरुमा भारतिय जनता पार्टीका नेताहरु विवादित अभिव्यक्तीको दिने गरेका कारण चर्चामा रहदै आइरहेका छन् ।

Indian COments

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय