इजरायलको तेलअभिवमा ल्हु ल्होसार २०७१ भव्यरूपमा सम्पन्न

२०७१ पुष २१, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

एनआई न्यूज इजरायल  ,

”प्ये म्हास्य छ्य म्हमु ,छ्य म्हास्य ल्हु म्हमु ,ल्हु म्हास्य म्ही म्हमु”’तमु प्ये ल्हु संघ इजरायलको आयोजनामा गत शुक्रवार  इजरायलको तेलअभिवमा ल्हु ल्होसार लाई स्वागत तथा त ल्हो लाई बिधाई गरि ल्होसार २०७१  ( ल्हु ल्होसार) कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।tamu1

तमु प्ये ल्हु संघ इजरायलका  अध्यक्ष निर्मला तमुस्योको सभापतित्व,   नेपाली राजदुतावास इजरायलका सहचारी कमल प्रसाद कोईरालाको प्रमुख आतिथ्यता , नारी आवाज इजरायलकी अध्यक्ष नेहा तमुस्योको विशेष आतिथ्यता, तथा इजरायलमा रहेका  विभिन्न संघसंस्थाका प्रतिनिधीहरूको आतिथ्यता रहेको थियो । तमु मौलिक धर्म लाई अगाल्ने तमु समुदायको उल्लेख्य  उपस्तथिती रहेको उक्त कार्यक्रममा  उपस्थितहरूलाई संस्थाका  सल्लाहकार बिमल तमुले स्वागत  मन्तव्यद्वारा  स्वागत गर्नुभएको थियो  भने कार्यक्रम संचालन  तमु प्ये ल्हु संघ इजरायलका महासचिव दिपेन तमुले गर्नुभएको थियो ।

कार्यक्रममा  शुभकामना मन्तव्य दिदै  प्रमुख अतिथी तथा नेपाली दुतावासका सहचारी कमल कोइराला ले प्रवासी भूमीमा रहेर पनि  आफ्नो धर्म संस्कृतीको जगेर्ना  गर्दै यस्ता किसिमका कार्यक्रमहरूको आयोजनाले थप उर्जा दिने वताउनुभयो । मन्तव्यकै क्रममा उहाँले देश विदेशमा रहेका तमु प्ये ल्हु हरूलाई शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमकी  विशेष अतिथी  नेहा तमुस्यो ले तमु प्ये ल्हु इजरायलको स्थापना  गरिनुका कारणहरू प्रश्ट पार्नुभएको थियो भने  तमु प्ये ल्हु संघका सदस्य उमा तमुस्योले तमु प्ये ल्हु संघले गरेको सामाजिक कार्यहरुको बारेमा प्रस्ट पर्नु भएको थियो |tamu2

तमु प्ये ल्हु इजरायलका  उपाध्यक्ष सबिता तमुस्यो रुपाले पैरु(रुपा ) ल्हु ल्होका सल्लाहकर बिमल तमु लाई लगाई दिनुभइ ल्हु ल्हो लाई स्वागत गर्नुभएको थियो भने सोही क्रममा एक वर्षको अन्तरालमा  संस्थाले गरेका विविध गतिविधीहरूमा हातेमालो तथा सहयोग गर्नुहुने सहयोगीहरूलाई कार्यक्रममा प्रमुख अतिथी कमल प्रसाद कोइराला  ज्यू र विशेष अतिथी नेहा तमुस्योको हातवाट सम्मानपत्र हस्तान्तरण गरिएको थियो ।

वेलुकी ८ वजेदेखी रातको २ वजेसम्म चलेको उक्त कार्यक्रममा  स्थानिय कलाकारहरूद्वारा  आफ्नो कला संस्कृती झल्किने खालका गुरूङ नृत्य तथा गितहरू प्रश्तुत गरिएको थियो ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय