इजरायलमा तमु (गुरुङ) समुदायको महान पर्व तमु ल्होसार मनाउने भव्य तयारी

२०७१ पुष १५, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

Tamu Losarआज गुरुङ समुदायको महान पर्व ल्होसार । तमु समुदायमा आज नयाँ बर्षलाई स्वागत गर्दै तमू ल्हासार पर्व मनाइदैछ । लु ल्होसार ल्हे कोर वर्ष ३२२६७ भेडा बर्षका रुपमा सांस्कृतिक नाच र अन्य विधिपूर्वक यो पर्व मनाइदैछ । नेपाल सरकारले तमु ल्होसार पर्वका अवसरमा मंगलवार सार्वजनिक विदा दिएको छ ।

यसै क्रममा विश्वका विभिन्न मुलुकहरुमा रहेका तमु समुदायले पनि तमु ल्होसार मनाइरहेका छन् । तमुजातिको मौलिक धर्म, भाषा, संस्कृति, परम्परा र भेषभुषालाई संरक्षण, सम्बर्दन र बिकाश गराउने हेतुले तमु प्ये ल्हु संघ नेपालको मातहतमा स्थापित बिदेसी शाखाहरुले पनि आआफ्नो समयानुकुल कसैले ल्होसार पर्व मनाइरहेका छन् भने कसैले मनाउने तयारी गरिरहेका छन् । यसैविच मध्पूर्वको इजरायलमा रहेका तमु समुदायको संगठित संस्था तमु प्हे ल्होसाङ इजरायलले इजरायलमा रहेका नेपालीहरुको कामको प्रकृती हेरी विदाको दिन पारेर आगामी शुक्रवार इजरायलको तेलअभिवस्थित लेवन्दा ३२ मा ल्हु ल्होसार महोत्सवको आयोजना गरी तमु ल्होसार मनाउने तयारी गरेको छ ।

‘प्ये म्हस्य छ्या म्हमु, छ्य म्हस्य ल्हु म्हमु ,ल्हु म्हस्य म्ही म्हमु” (शास्त्र हराए संस्कार हराउछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए परम्परा हराउँछ,परम्परा हराए उसको पहिचान अस्तित्वनै हराउछ) भन्ने उक्तिलाई आत्मसात गर्दै विशेष कार्यक्रमको आयोजना गरी यो बर्षको तमु ल्होसार मनाइदैछ । तमु प्ये ल्हु सँघ इजरायलले इजरायलमामा रहेका सम्पूर्ण तमुहरु लगायत गैरतमु नेपाली दाजुभाई, दिदीबहिनीहरुमा तमु समुदायको महान पर्व ल्हु ल्होसारको पावन अवसरमा सुभकामना ब्यक्त गर्दै कार्यक्रममा उपस्थितीको लागि हार्दिक आमन्त्रण गरेको छ ।

स्मरण रहोस्  सम्पूर्ण तमु समुदायलाई समेट्ने उदेश्यले तमु समुदायको छाता संगठनका रुपमा स्थापना गरिएको तमु प्ये ल्हु संघ नेपालको शाखाको रुपमा हाल विश्वका ७ वटा मुलुकहरुमा तमु प्ये ल्हु सँघको स्थापना भइसकेको छ । यसै शिलशिलामा मध्यपूर्वको इजरायलमा रहेका तमु समुदायलाई  पनि एकतावद्द गराउने उद्देश्यकासाथ गत सेप्टेम्वर १९ शुक्रवार इजरायलमा पनि तमु प्ये ल्हु सँघको स्थापना गरिएको थियो । आफ्नो स्थापना कालको छोटो अवधिमा तमु प्ये संघ इजरायलले विभिन्न सामाजिक कार्यहरुमा पनि अग्रसरता जनाउदै आइरहेको छ । सोही क्रममा ४ भिन्न ठाउँहरुमा आर्थिक सहयोग प्रदान गरिसकेको छ भने गरिव जेहेन्दार विद्यार्थीहरुको छात्रवृत्तीकोलागि ५ लाखको अक्षयकोष निर्माण गर्ने लक्ष्य अगाडि वढाएको छ । त्यस्तै तमु जातीको भाषा, धर्म र संस्कृतिको उत्थानका लागि आर्थिक संकलन गर्ने हेतुले तमु प्ये सँघ इजरायलकै लगानीमा “कसरी खाऊँ (विर्साउने पानी) म्लेक्यु ?” नामक गीती नाटककोसमेत निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय