एन आर एन ए, एनसिसि-इजरायलको स्वागतमा गोल मेसिन ‘साम्वा’

२०८० श्रावण १८, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

भेषराज पाण्डे,ए वान नेपाल

गोल मेसिनको रुपमा सुपरिचित नेपाली राष्ट्रिय फुटवल टिमकी स्ट्राइकर सावित्रा भण्डारीलाई ईजरायलमा स्वागत गरिएको छ ।
नेपालका लागि ईजरायली राजदूत हानन गोडेर नेपाल बाटै भन्डारी सङ्ग इजरायल गएका थिए । सावित्रा भण्डारी सहितको टिमलाई स्वागत गर्न नेपाली दूतावास इजरायल,गैर आवासीय नेपाली संघ ,रास्टृय समन्वय परिषद इजरायलका अध्यक्ष श्री कृष्ण भण्डारी सहितको टिम, ईजरायली फुटवल क्लव – हापोएल रानानाकी म्यानेजर डोरिथी, खेतान ग्रुपका डाइरेक्टर – नेपाली व्यवसायी पी.पी. खेतान लगायत ईजरायलवासी नेपाली समुदाय र भण्डारी आवद्ध क्लवका पदाधिकारीसहितको टोली मङ्गलबार राती बेन गुरिएन विमानस्थल पुगेको थियो ।

शीर्ष श्रेणीको महिला क्लब लिग फुटबल खेल्न नेपाली राष्ट्रिय टिमकी स्ट्राइकर भण्डारी इजरायल आएकी हुन् । गोल मेसिन भण्डारीले ईजरायलको हापोएल रानाना क्लवबाट युरोपमा व्यवसायिक फुटवल खेल्नेछिन् । युईएफएमा आवद्ध हापोएल रानाना क्लवबाट युरोपिएन खेलमा प्रवेश गर्ने अवसर पाएकी नेपाली चेलीले राम्रो खेल्ने विश्वास गरिएको छ ।

May be an image of 7 people and text

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय